धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

टोखा नगर इसाई समितिद्धारा बधाई तथा शुभकामना परिचयात्मक कार्यक्रम सम्पन्न

९ चैत २०७४, काठमाण्डौं । टोखा नगरपालिकाको विभिन्न क्षेत्रमा अवस्थित मण्डलीहरुको साझा मञ्च टोखा नगर इसाई समितिको आयोजनामा बिहीबार स्थानिय, प्रदेश र राष्ट्रिय सभामा निर्वाजित प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रेदेश नं.३ का प्रदेश सभा सदस्य माननीय श्री दिपक निरौंलाज्यू, नगर प्रमुख मेयर श्री प्रकाश अधिकारीज्यू, विभिन्न १७ वटा वडाका वडा अध्यक्षज्यू, विभिन्न संघ संस्थाका प्रमुखज्यूहरु, छिमेकी नगर इसाई समितिका प्रमुखहरु, समाजसेवी विभिन्न मण्डलीका पास्टर, अगुवा लगायत विश्वासीहरुको बाक्लो उपस्थिति रहेको थियो । आशिष इभान्जलिकल मण्डलीका रेभ.डा.सुन्दर थापाज्यूले परमेश्वरको वचनबाट उत्साह दिनुभएको कार्यक्रममा स्थानिय, प्रदेश र राष्ट्रिय सभामा निर्वाजित प्रतिनिधिहरुज्यूहरुलाई सम्मान सहित कदर पत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश सभा सदस्य माननीय श्री दिपक निरौंलाज्यूले प्रदेश नं.३ मा रहेका इसाईहरुको समस्या र मागहरुको विषयमा चाँडो भन्दा चाँडो पहल गर्ने प्रतिवद्धता जनाउनु भएको थियो भने राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.वि. गहतराज्यूले आफ्नो मन्तव्यको क्रममा निर्वाचित प्रतिनिधिज्यूहरुलाई लक्षित गर्दै वधाई तथा शुभकामना टोखा नगर इसाई समुदायको मात्र नभएर सिंगो नेपाली इसाई समुदायको तर्फबाट भएको बताउनु भयो, साथै उहाँले सबैलाई हातेमालो गर्दै अगाडि बढ्न अनुरोध गर्नुभएको छ । कार्यक्रमका सभापति तथा टोखा नगर इसाई समितिका अध्यक्ष जीवन राई (बान्तवा) ज्यूले निर्वाजित प्रतिनिधिज्यूहरुलाई बधाई तथा सफल कार्याकलको शुभकामना व्यक्त गर्नुभएको थियो । त्यसैगरि उहाँले कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिइ कार्यक्रमको समापन गरिएको थियो भने अन्तिम आशिषको प्रार्थना नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष पा. हनोक तामाङज्यूले गर्नु भएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd