धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

झुठा आरोपमा जेल सजाय पाएका इसाईहरुलाई सल्यान जिल्लामा भव्य स्वागत

१ मंसिर २०७४, सल्यान । भाद्र २५ गते झुठा मुद्धामा उच्च सदालत सुर्खेतले रुपलाल परियार, गंगा परियार, लाली पुन र विमकली बुढालाई थुनामुक्त गरेको र रुपा थापालाई सल्यान जिल्ला अदालतबाट सफाई दिएको अवसरमा हिजो सल्यान जिल्लाको खलङगास्थित सिनै एजी चर्चमा भव्य कार्यक्रम वीच स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
पा. हिरा ताम्राकारज्यूको सभापतित्व र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सी.वी. गहतराजज्यूको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा विशिष्ठ अतिथि शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीज्यू, विशेष अतिथि महासंघका महासचिव पा. पदमनाथ पराजुलीज्यू, फ्रिडम फर अलका नेपालका सचिव मानवअधिकारकर्मी खगेन्द्र ओलीज्यू र अतिथिहरुमा महासंघका कार्यक्रम प्रमुख संजय लिम्बु, केन्द्रिय सदस्य पा. बल बहादुर ताम्राकार, पा. जंग बहादुर ओड, सल्लाहकार पा. ईश्वरी वि.क. लगाएतका विशेष व्यक्तिहरुको उपस्थिती रहेको थियो । २०० जना भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको उक्त कार्यक्रमको संचालन पा. सिलास ताम्राकारज्यूले गर्नुभएको थियो  भने पा. जित बहादुर रोकायाले सुरुको प्रार्थना र आशिषमय स्तुतिप्रशंसाको अगुवाई प्रदिप सुनारले गर्नुभएको हो । कार्यक्रममा मन्तव्य दिने  क्रममा शारदा नगरपालिकाका प्रमुख अधिकारीज्यूले ख्रीष्टियन समुदायलाई चाहिने आवश्यक कुराहरुलाई आफनो व्यक्तिगत तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । स्मरण रहोस पीडित सल्यान जिल्लाको कुभिन्डे–४, ज्यामिरे स्थित सामुएल मण्डलीका सदस्यहरु हुन ।
जुन निकै चर्चा र प्रभावमा रहेको सो घटनामा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले दायर गरेको रिटमा उच्च सदालत सुर्खेतले मिति २०७४ भाद्र २५ गते पीडित नागरिकहरुलाई महासंघका अध्यक्ष सी.वी. गहतराज, केन्द्रिय सदस्य पा. बलबहादुर ताम्राकार र फ्रिडम फर अलका नेपालका सचिव मानवअधिकारकर्मी खगेन्द्र ओलीज्युको रोहवरमा थुनामुक्त गरेको थियो ।
प्रार्थना  विषयहरू

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd