धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

जिरीमा बृहत शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

४ पुस २०७४, ललितपुर। राष्ट्रिय ख्रीष्टियन महासंघ, जिरी नगर कमिटिको आयोजनामा“वडा दिन ख्रीष्टमस तथा नयाँ बर्ष २०१८ को शुभकामना आदन प्रदान कार्यक्रम” जिरी मा.बि. को सभाहलमा हिजो सम्पन्न भएको छ । जिरी नगरपालिकामा रहेका मण्डलीहरुबाट करिब ५५० जना इसाई धर्मलम्बीहरुको सहभागीता रहेको उक्त शुभकामना आदन प्रदान कार्यक्रमको प्रमुख अतिथिमा जिरी नगरपालिकाको प्रमुख टंक जिरेल हुनुहुन्थ्यो भने प्रमुख वक्ताको रुपमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नम्बर ३ का प्रमुख रेभ. पाष्टर ज्ञान बहादुर सुनुवार हुनुहुन्थ्यो । साथै बिशिष्ट अतिथिमा जिल्ला समन्वय समिति दोलखाका उपसभापति मनमया जिरेल लगायत जिरी नगरपालिकाको उपप्रमुख, निर्वाचित वडा अध्यक्षहरु, पार्टी प्रतिनिधि, पुर्वसभासद, नगरपालिका भित्र रहेका विभिन्न संधसंस्थाका प्रतिनिधि, विभिन्न सम्प्रादायका धर्मगुरुहरु, सुरक्षाकर्मी, पत्रकार, समाजसेबी र बुद्विजिबिहरुको उपस्थिति रहेको थियो । डिबी जिरेल र सबिना गजमेरको संचालन र कार्यक्रममा शुरुको प्रार्थना बिर बहादुर जिरेलले गर्नुभएको थियो भने स्वागत मन्तब्य ए. इश्वर सुनुवारले गर्नुभएको थियो । उक्त कार्यक्रममा पाष्टर समुएल जिरेलको नेतृत्वमा तयार गरिएको संगित झुण्डले उपस्थित सहभागीहरुलाई आराधनामा अगुवाई गर्नुको साथै हृदय स्पर्षी ख्रीष्टमस गीत तथा भजनहरु प्रस्तुत गरिएको थियो । विभिन्न मण्डलीबाट प्रस्तुत गरिएको सामुहिक नृत्यले कार्यक्रमको आर्कषण अझ बढाएको थियो । कार्यक्रममा धर्मशास्त्र बाईबलबाट वचनको सेवा महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नम्बर ३ का प्रमुख तथा कार्यक्रमका प्रमुख वक्ता रेभ. सुनुवारले गर्नुका साथै वर्तमान परिवेशमा नेपाली इसाईहरुले सामना गर्नु परेको समसामायिक बिषयहरुको बारेमा पनि संक्षिप्तमा चर्चा गर्नु भएको थियो । सो कार्यक्रमा आमन्त्रित प्रमुख अतिथि नगर प्रमुख जिरेल लगायत अन्य अतिथिहरु बौद्घ अध्ययन तथा अनुसन्धान केन्द्रका प्रमुख तथा पुर्व सभासद इन्द्र बहादुर खड्का, जिरी मा.वि का प्रधानाध्यापक केशब कुमार कार्की, बुद्धिजिबी टेक बहादुर जिरेल, राप्रपा नेपालका नगर अध्यक्ष रामकाजी खड्का, बाम गठबन्धनको तर्फबाट नेकपा माओबादी केन्द्रका गेल्बु शेर्पा, हिमालयन संयुक्त ख्रीष्टियन संगति नेपालका अध्यक्ष रेभ. लोक सुनुवार, निर्वाचित वडा अध्यक्षहरुको तर्फबाट तेज बहादुर खड्का द्धारा ख्रीष्टमस तथा नयाँ बर्ष २०१८ को शुभकामना मन्तब्यहरु व्यक्त गरिएको थियो । कार्यक्रमको अन्तमा, कार्यक्रमका सभापति जिरी नगर कमिटिका अध्यक्ष पाष्टर ओलक जिरेलले धन्यवाद ज्ञापन गर्दै आशिषको प्रार्थना गरि उक्त शुभकामना आदन प्रदान कार्यक्रमको समापन गर्नु भएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd