धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

छलफल कार्यक्रम सम्पन्न

२ वैशाख २०७५ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको आयोजनामा ख्रीष्टियन समुदायको वर्तमान परिस्थितीको विषयमा विभिन्न चर्च समुहका प्रतिनिधि तथा विभिन्न ख्रीष्टियन संघसंस्थाका प्रमुखज्यूहरुसँग वृहत छलफल भएको छ । ख्रीष्टियन समुदायको हक, हित र अधिकारको लागि आगामी दिनमा कसरी एकताबद्ध भएर अगाडी बढन सकिन्छ भन्ने विषयमा सो छलफल भएको हो ।  महासंघका महासचिव पा. पदमनाथ पराजुलीज्यूले संचालन गर्नुभएको सो छलफल कार्यक्रममा विलिर्भस सुमदाय, कीर्तिपुर ख्रीष्टियन समाज, टोखा नगर इसाई समिति, ख्रीष्टियन लिम्बु समाज, पाष्टर एकता संगति, ख्रीष्टियन राई सोसाइटी नेपाल, पश्चिम भेगीय ख्रीष्टियन मण्डली एकता संगति, बुढानिलकण्ठ नगर इसाई समिति र ख्रीष्टियन मगर समाज लगायतका चर्च समुह तथा संस्थाका प्रतिनिधिहरुज्यूहरुको उपस्थिती रहेको थियो । छलफलमा वर्तमान परिस्थितीको कसरी सामना गर्ने र महासंघको वैशाख १७ देखि १९ सम्म कर्णाली प्रदेश नं. ६ सुर्खेतमा हुन लागेको राष्ट्रिय भेलालाई कसरी सफल बनाउने भन्ने विषयमा व्यापक छलफल भएको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd