धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

चितवन जिल्लामा ११ बुंदे घोषना पत्र कार्यन्वयन सम्बन्धी बैठक सम्पन्न

राष्ट्रिय ख्रीष्टियन महासंघको चितवन जिल्ला समितिको आयोजनामा ११ बुंदे घोषणा पत्र कार्यन्वयन सम्बन्धी अन्तरकृया कार्यक्रम १७ असोज २०७७ (शनिबार) सम्पन्न भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता महासंघको चितवन जिल्ला समितिका अध्यक्ष रेभ. पा. विष्णु परियारले गर्नुभएको थियो । अन्तरकृयामा महासंघका अध्यक्ष, उपाध्यक्ष तथा ३ नं प्रदेश संयोजक, चितवन जिल्ला समितिका सम्पूर्ण पदाधिकारीहरु, ख्रीष्टियन समाजका प्रमुखहरू र पाष्टर, अगुवाहरुको सहभागिता रहेको थियो ।

उपाध्यक्ष तथा ३ नं प्रदेश संयोजक पा. कृष्ण परियारले ११ बुंदे घोषणा पत्र कार्यन्वयन सम्बन्धमा प्रकास पार्दै भावि योजनाको बारेमा जानकारी गराउनु भएको थियो भने महासंघको चितवन जिल्ला समितिका अध्यक्ष रेभ. पा. विष्णु परियारले ११ बुंदे घोषणा पत्र कार्यन्वयन गर्न गरिएको कामहरु र जिल्लामा भैरहेको गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो ।

प्रस्तावित अन्तरकृया माथि पाष्टर, अगुवाज्यूहरुले आ–आफ्नो प्रश्न राख्नु भएको थियो । महासंघ अध्यक्ष सी.बी. गहतराजले अन्तरकृयामा सहभागिहरुको प्रश्नहरुको जवाफ दिनुभई धन्यवाद दिँदै चितवन जिल्लामा रहेको मण्डली तथा ख्रीष्टियन संघ संस्थाहरुलाई ११ बुंदे घोषणा पत्र कार्यन्वयन लागि महासंघलाई साथ, सहयोग र सहकार्य गर्नको लागि आहवान गर्नु भएको थियो । रेभ. पा. सानुलाल बि.क.ले कार्यक्रम संचालन गर्नुभएको थियो भने पा. किरण खातीले आराधनाको अगुवाई गर्नु भएको थियो । पा. राजन सुनुवारले अन्तिम प्रार्थना गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd