धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

चितवन जिल्लामा सचेतना अभिवृद्धि तथा सर्वेक्षण सम्बन्धी अन्तरकृया कार्यक्रम भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल चितवन जिल्ला समिति र चितवन ख्रीष्टियन समाजको संयुक्त आयोजनामा सचेतना अभिवृद्धि तथा सर्वेक्षण सम्बन्धी अन्तरकृया कार्यक्रम २३ भाद्र २०७७ (मंगलबार) भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता महासंघको चितवन जिल्ला समितिका अध्यक्ष रेभ. पा. विष्णु परियारले गर्नुभएको थियो । अन्तरकृयामा महासंघका अध्यक्ष, सहअध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिवहरु, जिल्ला अध्यक्ष, ख्रीष्टियन समाजका प्रमुखहरू र पाष्टर, अगुवाहरुको सहभागिता रहेको थियो ।

उपाध्यक्ष तथा ३ नं प्रदेश संयोजक पा. कृष्ण परियारले महासंघको भाबि योजनाहरुको बारेमा जानकारी गराउनु भएको थियो । उपमहासचिव पा. धनराज घिमिरेले २०७८ सालको जनगणनाको सचेतना अभिवृद्धि र नेपाली ख्रीष्टियन समूदायको सर्वेक्षणको विषयमा प्रस्ट्यानु भएको थियो । सहअध्यक्ष तथा ५ नं प्रदेश प्रमूख पा. टेक विक्रम हिताङ्गले संगठन बिस्तारको विषयमा जानकारी गराउनु भएको थियो ।

प्रस्तावित अन्तरकृया माथि पाष्टर, अगुवाज्यूहरुले आ–आफ्नो प्रश्न राख्नु भएको थियो । महासंघ अध्यक्ष सी.बी. गहतराजले छलफलमा सहभागिहरुको जिज्ञासाहरुको जवाफ दिनुभई धन्यवाद दिँदै चितवन जिल्लामा रहेको मण्डली तथा ख्रीष्टियन संघ संस्थाहरुलाई २०७८ सालको जनगणनाको सचेतना अभियान र सर्वेक्षणको लागि महासंघलाई साथ, सहयोग र सहकार्य गर्नको लागि आहवान गर्नु भएको थियो । रेभ. पा. सानुलाल बि.क.ले कुशलता साथ कार्यक्रम संचालन गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd