धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

गोली प्रहारको छानविन गर्न माग

८, साउन, २०७४ । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले आइतवार भृकुटीमण्डपस्थित रिर्पोटस क्लब काठमाण्डौँमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । कार्यालय सचिवमाथि भएको गोली प्रहार लगायत समग्र ख्रीष्टियन समुदायको राष्ट्रिय सरोकारको विषयमा महासंघका उपमहासचिव तथा प्रवक्ता पा. सागर बैजुले प्रेस विज्ञप्ती मार्फत प्रस्तुत गर्नुभएको हो । महासंघका अध्यक्ष सि.वि. गहतराजले सरकार र महासंघसँग भएका ३ बुँदे र ६ बुँदे सहमती कार्यान्वयनको लागि समेत ध्यानाकर्षण गराउनुभएको थियो भने विज्ञप्ती भएका कुराहरुलाई अझ स्पष्ट बनाउँदै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय निकायको ध्यानाकर्षणका कार्यक्रमहरु अबका दिनमा सञ्चालन गर्ने समेत जानकारी गराउनुभएको थियो ।        

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd