धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

गोरखा जिल्ला भेला सम्पन्न, ९ सदस्यीय तदर्थ समिति गठन

१९ माघ २०७६ । राष्ट्रिय ख्रीष्टियन महासंघ,नेपालको सप्ताहव्यापी जिल्ला भेला कार्यक्रम अन्तर्गत (आईतबार) गोरखाको १२ किलो स्थित सिर्दी गोरखा चर्चमा विशेष भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महासंघका केन्द्रीय अध्यक्ष सिबि गहतराज सहित जिल्ला भ्रमणमा रहेको पदाधिकारी टोली उक्त मण्डलीमा पुगी गोरखा जिल्लामा रहेका मण्डलीका पास्टर, अगुवा तथा प्रतिनिधिहरुसँग ख्रीष्टियन समुदायको वर्तमान अवस्थाको विषयमा छलफलमा सहभागी भएको हो ।

   

कार्यक्रममा वृहत छलफल पश्चात पास्टर टीका बहादुर तामाङको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन भएको छ ।

सह-अध्यक्षमा पास्टर सुनिल धिताल, सचिवमा डिकन जिर सिंह तामाङ, कोषाध्यक्षमा रिता गुरुङ, सदस्यमा एल्डर कृष्ण गिरी, पास्टर शिव देवकोटा, पास्टर रामशरण पन्त, पास्टर बिर बहादुर तामाङ र पास्टर विकास गुरुङ चयन हुनुभएको छ । यस्तै, तदर्थ समिति अन्तर्गत पास्टर पदम बहादुर तामाङ, पास्टर रामबाबु श्रेष्ठ, मदन कुमार श्रेष्ठ, एल्डर बलराम पन्त र एल्डर प्रेम बहादुर सुनार सल्लाहकार समितिमा चयन हुनुभएको छ । आज गठित तदर्थ समितिले एक महिनाभित्र गोरखामा वृहत भेलाको आयोजना गर्नेछ ।

आजको भेलामा केन्द्रीय अध्यक्ष गहतराजले भेलामा सहभागीहरुबाट उठेका प्रश्नहरुको जवाफ दिनुभएको थियो । अध्यक्ष गहतराजले महासंघले सरकारसँग भएका ३ बुँदे र ६ बुँदे सहमति कार्यान्वन गराएर नेपाली मण्डलीहरुको नीतिगत व्यवस्था हुने र यसमा सबैको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd