धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

गृहमन्त्रीज्यूलाई ज्ञापन पत्र पेश

१७ असोज २०७४, काठमाण्डौँ । ख्रीष्टियन सुमुदायको मृत्युसंस्कारको व्यवस्था लगाएत राष्ट्रिय सरोकारको विषयमा राज्यले वेवास्ता गरेको भन्दै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सी.वी. गहतराजको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आज माननीय गृहमन्त्री जर्नादन शर्माज्यूलाई उहाँको कार्यकक्ष सिहंदरवारमा भेटी ज्ञापन पत्र पेश गरेको छ । महासंघका अध्यक्ष सी.वी. गहतराजज्यूले ज्ञापन पत्र हस्तान्तरण गर्नुहुदैँ २०६४ सालदेखि निरन्तर दिँदै आएको ख्रीष्टमसको सार्वजनिक विदा २०७३ सालमा कटौती गरिएको हुँदा ख्रीष्टमस पर्वको विदालाई कायम गर्न र नेपाल सरकार र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल बीच भएको ३ बुँदे र ६ बुँदे सहमतिलाई राज्यले वेवास्ता गरी हालसम्म कार्यान्वयन नहुँदा समाधिस्थल लगाएतका देशभरका मण्डली (चर्च)हरु सञ्चालन र व्यवस्थापनमा गम्भीर समस्या वेहोर्नु परिरहेकोले ती सहमती बमोजिम तत्काल उच्च स्तरिय समिति बनाई समाधिस्थल लगाएत राष्ट्रिय सरोकारका विषयहरुको सम्बोधन गरियोस् भनी गृहमन्त्रीज्यूको ध्यानाकर्षण गराउनुभएको थियो । गहमन्त्रीज्यूले ख्रीष्टियन समुदायका मागहरु जायज भएकोले सो समुदायसँग राज्यले गरेका सहमतीहरु कार्यन्वयनका लागि आवश्यक भुमिका खेल्ने प्रतिवद्धता जाहेर गर्नुभएको थियो । कार्यक्रममा महासंघका अध्यक्ष लगायत सह–अध्यक्ष, उपाध्यक्ष, महासचिव, प्रवक्ता, उपमहासचिव, सचिवज्यूहरु र पत्रकार मित्रहरुको सहभागिता रहेको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd