धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

गर्भपतन सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

२३ साउन २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको काठमाण्डौं जिल्ला महिला विभागको आयोजनामा अनुग्रह प्रतापी मण्डली चप्पल कारखानामा गर्भपतन सम्बन्धि एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं जिल्ला महिला विभागको अध्यक्ष तारा बोगटीको प्रार्थनाबाट सुरु भएको कार्यक्रममा केन्द्रिय महिला विभागको अध्यक्ष डोमा रार्इले उत्साहपूर्ण वचन बाँड्नु भएको थियो ।
कार्यक्रममा भ्रुणको आवाज नेपालका निर्देशक सुमन (एलिशा) रार्इले गर्भपतन, भ्रुण हत्या र यसको जोखिमको विषयमा बाइबलमा केन्द्रित रहेर सिकाउँनु भएको थियो । त्यसैगरी सहभागीहरूले कतिपय कुराहरू आफुहरूलाई थाहा नभएको र कार्यक्रममा आएर धेरै कुरा सिक्न पाएको प्रतिक्रिया दिनुभएको थियो भने कार्यक्रममा अन्तिम आशिषको प्रार्थना अध्यक्ष डोमा रार्इले नै गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd