धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

गण्डकी प्रदेशको भेलासँगै सकियो महासंघको पहिलो चरणको सप्ताहव्यापी जिल्ला भेला कार्यक्रम

२१ माघ, पोखरा । राष्ट्रिय ख्रीष्टियन महासंघ, गण्डकी प्रदेशको आयोजनामा आज(मंगलबार) अर्चलबोटस्थित पोखरा दर्शन मण्डलीमा विशेष भेला तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल व्याप्टिष्ट चर्च काउन्सिलका अध्यक्ष रेभ.पास्टर के पी त्रिपाठीज्यूको प्रार्थना बाट शुरू भएको कार्यक्रममा स्थानीय मण्डलीका क्व्याएर झुण्डले आराधनामा अगुवाई गरेको थियो । महासंघका गण्डकी प्रदेश प्रमुख ओमराज परियारको सभापतित्व र प्रमुख अतिथि महासंघका केन्द्रीय अध्यक्ष सि बि गहतराजको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा ख्रीष्टियन समुदायको वर्तमान अवस्था र ख्रीष्टियन संघ संस्थाहरुको काम र उद्धेश्यहरुमा देखिएका द्विविधा र अन्य विविध विषयमा सवाल जवाफ भएको छ ।

   

पोखरेली इसाई समुदायका उपाध्यक्ष तथा नयाँ गाउँ चर्चका पास्टर रामप्रसाद शर्मा (लाजरस) लगायत उपस्थित मण्डली प्रतिनिधिहरूले के कति कारणले ख्रीष्टियन समुदायमा काम गरिरहेका संघ संस्थाहरु एकिकृत भएर काम गर्न नसकेको, सरकारसँग एक भएर आवाज पुर्याउन के कुराले रोकेको हो ? जस्ता प्रश्नहरू भेलामा उठाएका थिए ।भेलामा उठेका प्रश्नहरूको जवाफ दिँदै अध्यक्ष गहतराजले भन्नुभयो, “सर्वप्रथम महासंघ र अन्य संस्थाबीच उद्देश्यका आधारमा फरक छुट्याउन सबैलाई आग्रह गर्दछु । सबै संघ संस्थाले अा-आफ्नोे उद्देश्यअनुरुप काम गर्ने हो भने हामीहरुवीच कुनै समस्या छैन ।” अध्यक्ष गहतराजले महासंघ आफ्नो उद्देश्यमा स्पष्ट रहेको साथै आफ्नो काम, कर्तव्य र अधिकारको सवालमा दृढ रहेको बताउनुभयो । कार्यक्रममा महासंघका तर्फबाट सह-अध्यक्ष तथा ५ नं प्रदेश प्रमुख पास्टर टेक बहादुर हिताङज्यू, उप महासचिव तथा प्रवक्ता पास्टर उद्धव चिमोरिया, राष्ट्रिय ख्रीष्टियन महासंघ,नवलपरासीका अध्यक्ष पास्टर सुमन दर्लामी, राष्ट्रिय ख्रीष्टियन महासंघ, रुपन्देहीका सल्लाहकार पास्टर भारत जिसी, रुपन्देही ख्रीष्टियन कम्युनिटीका राजनीतिक विभाग संयोजक डिकन मेघराज घिमिरे, सचिव तथा प्रचार प्रसार विभाग प्रमुख प्रकाश विशुन्के लगायत अन्य पदधिकारीहरुको उपस्थिति थियो । कार्यक्रममा पोखरेली इसाई समाजका अध्यक्ष पास्टर हरि घिमिरेज्यूले “परमेश्वरको बोलावट र वरदान” का विषयमा परमेश्वरको वचन बोल्नुभएको थियो । कार्यक्रममा पोखरासहित तनहुँ, स्याङ्जा, बाग्लुङ, लमजुङ, म्याग्दी र पर्वत जिल्लाका पास्टर, अगुवा तथा मण्डली प्रतिनिधिहरूको सहभागिता थियो ।

       

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd