धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

गण्डकी प्रदेशको पाष्टर, अगुवाहरु र महासंघको पदअधिकारी बिच छलफल भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न

राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले गण्डकी प्रदेशको पाष्टर, अगुवाहरुसँगको छलफल २३ भाद्र २०७७ (मंगलबार) भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न गरेको छ । उक्त छलफलको अध्यक्षता महासंघका उपाध्यक्ष तथा ४ नं प्रदेशका प्रमूख पा. ओमराज परियारको गर्नुभएको थियो भने सुरुको प्रार्थना उपमहासचिव तथा प्रवक्ता रेभ. पा. उद्धव चिमोरियाले गर्नुभएको थियो । छलफलमा महासंघका अध्यक्ष , बरिष्ठ सहअध्यक्ष तथा सह–अध्यक्षहरु, उपाध्यक्ष, उपमहासचिवहरु, सचिवहरु, प्रदेश प्रमुखहरू, सल्लाहाकार रेभ. पा. सोनाम काबो , नयाँ गाँउ चर्चका बरिष्ठ पा. ग्रिष्म पराजुली, ४ नं प्रदेशका जिल्ला प्रमुखहरू, समाजका प्रमुखहरू र प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

उपमहासचिव पा. धनराज घिमिरेले २०७८ सालको जनगणनाको सचेतना अभिवृद्धि र नेपाली ख्रीष्टियन समूदायको सर्वेक्षणको विषयमा प्रस्ट्यानु भएको थियो । सल्लाहाकार रेभ. पा. सोनाम काबोले नेपाल सरकारसँग महासंघले गरेको ३ बुदें र ६ बुदें सहमति सबैको लागि आवश्यक रहेको र सबै मिलेर यसको कार्यन्वयनमा लाग्नु पर्नेमा जोड दिनुभएको थियो । सहअध्यक्ष तथा ५ नं प्रदेश प्रमूख पा. टेक विक्रम हिताङ्गले संगठन बिस्तारको विषयमा जानकारी गराउनु भएको थियो भने बरिष्ट सह–अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले सबै नेपाली ख्रीष्टियन समूदाय मिलेर अघि बढ्नु पर्ने र अरु विकल्प नरहेको बताउँदैै सबैलाई मिलेर सहकार्य गर्न आहवान गर्नु भएको छ ।

प्रस्तावित छलफलमाथि विभागिय प्रमुखहरु र जिल्ला प्रतिनिधिहरुले आ–आफ्नो धारणा राख्नु भएको थियो । पा. मिलन परियारले आराधनाको अगुवाइ गर्नुभएको थियो भने वचनको सेवकाई बरिष्ठ पा. ग्रिष्म पराजुलीले गर्नुभएको थियो । महासंघ अध्यक्ष सी.बी. गहतराजले छलफलमा सहभागिहरुको जिज्ञासा र प्रश्नको जवाफ दिनुभई धन्यवाद दिँदै ४ नं प्रदेशमा रहेको मण्डली तथा ख्रीष्टियन संघ संस्थाहरुलाई २०७८ सालको जनगणनाको सचेतना अभियान र सर्वेक्षणको लागि महासंघलाई साथ, सहयोग र सहकार्य गर्नको लागि आहवान गर्नु भएको थियो । केन्द्रिय सचिव ए. विष्णु परियारले अन्तिम प्रार्थना गर्नुभएको थियो भने पा. सूर्य तिलिजाले कुशलतासाथ कार्यक्रम संचालन गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd