धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

ख्रीष्टियन समुदायको सुरक्षाको लागि महासंघले विशेष योजना तत्काल ल्याउने

२२ असार २०७५, काठमाण्डौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रिय समितिका अध्यक्ष सी.वी. गहतराजज्यूको अध्यक्षतामा केन्द्रिय समितिको बैठक नयाँ बानेश्वर, बुद्धनगरस्थित सालेम मण्डलीमा सम्पन्न भएको छ । बैठकमा हाल देशको वर्तमान परिस्थितीबारे छलफल गरिँदै सो विषयमा केन्द्रिय पदाधिकारीज्यूहरु र सहअध्यक्षज्यूहरु रेभ. डा. फिलेमोन क्षेत्रीज्यु, रिता काबोज्यू, रेभ. शामूएल सोदेम्बाज्यू, सरिता गिरी थापाज्यू, उपमहासचिव तथा प्रवक्ता पा. सागर बैजज्यू, उपमहासचिव पा. चन्द्रमान नेपालीज्यू, सल्लाहकारज्यूहरु, रेभ. सोनाम टि काबो, रभे एलिया प्रधान लगायतका पदाधिकारीज्यूहरुले ख्रीष्टियन समुदायको अधिकारहरु प्राप्त गर्न महासंघले निर्वाह गर्नुपर्ने भुमिकाहरुलाई सशक्त रुपमा अगाडी बढाउनुपर्नेमा आ–आफनो राय, सल्लाह सुझावहरु दिनुभएको थियो ।
बैठकले आउने दिनमा महासंघ र सरकारसँग भएका ३ बुँदे र ६ बुँदे सहमति कार्यान्वयनको लागि र सरकारले नेपालमा भएका मण्डली (चर्च)हरु र ख्रीष्टियन संघसंस्था र ख्रीष्टियन समुदायप्रती देखाएको उदासिनता र विभेदकारी व्यवहारप्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । त्यस किसिमको गतिविधि तत्काल रोक्न महासंघले सरकारसँग आग्रह गर्दै ख्रीष्टियन समुदायको शान्ति सुरक्षाको सुनिश्चिताको लागि माग गरेको छ । साथै त्यस अनुसारको कार्य गर्नका निम्ति सातै प्रदेश सरकार र ७७ वटै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । केन्द्रिय समितिको बैठकले हङकङ नेपाली ख्रीष्टियन काउन्सिलको सिफारिसमा नेपाली यूनियन चर्च का पाष्टर राजु बराईलीज्यूलाई अन्तराष्ट्रिय सल्लाहकार मनोनित गर्ने निर्णय गरको छ । भने उक्त बैठकमा महासंघको विभिन्न विभागहरु महिला विभाग, युवा विभाग, संगठन विभाग र प्रार्थना विभागका प्रमुखज्यूहरुले आ–आफनो विभागबाट विभागीय प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । देशभरका ख्रीष्टियन समुदायको सुरक्षा र सरकार र महासंघ विच भएका ३ बुँदे र ६ बुँदे सहमति कार्यान्वयनको लागि विशेष योजना तत्काल ल्याउने अध्यक्ष सी.वी. गहतराजज्यूले बताउँनुभयो । उक्त बैठकको संचालन महासचिव पा. पदमनाथ पराजुलीज्यूले गर्नुभई सुरुको प्रार्थना सहअध्यक्ष रेभ. डा. फिलेमोन क्षेत्रीज्यू र आगन्तुक सबैलाई सहअध्यक्ष रेभ. शामूएल सोदेम्बाज्यूले स्वागत गर्नुभएको थियो भने अन्तिम समापनको प्रार्थना सल्लाहकार रेभ. एलिया प्रधानज्यूले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd