धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

ख्रीष्टियन समुदायको ध्यानाकर्षण

२२ चैत २०७४ । हिजो चैत २१ गते राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको आह्वानमा विभिन्न मण्डली (चर्च) समुह तथा संघसंस्थाका प्रमुखज्यूहरुसँग वृहत छलफल भएको छ । सो छलफलमा क्वाइनोनिया पाटन मण्डलीका वरिष्ठ पास्टर डा. मंगलमान महर्जनज्यू, एल्डर शेर ए.सी.ज्यू, एजम्पसन चर्चका फादर सिलास बोगटीज्यू, महासंघका अध्यक्ष सी.वी. गहतराजज्यू, सह–अध्यक्षहरु रेभ. काजीरत्न मर्हजनज्यू, रेभ. शामूएल सोदेम्बाज्यू, महासचिव पा. पदमनाथ पराजुलीज्यू, उपमहासचिव तथा प्रवक्ता पा. सागर बैजुज्यू, उपमहासचिव पा. चन्द्रमान नेपालीज्यू, सचिव तथा व्यवस्थापन विभाग प्रमुख पा. उद्धव चिमोरियाज्यू, कोषाध्यक्ष पा. आमेन थापाज्यूर पत्रकारज्यूहरु लगायतका विशिष्ठ व्यक्तिहरु उपस्थिती रहेको हो । छलफलमा विगत केही समयदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालहरुमा सम्पूर्ण ख्रीष्टियन समुदायको नाम जोडेर, केही भ्रामक तथा तथ्यहीन समाचारहरु प्रचार गरिएकोमा ख्रीष्टियन समुदायको गम्भिर ध्यानाकर्षण भएको थियो । नेपाली ख्रीष्टियन समुदाय शान्ति, सद्भाव र मेलमिलापलाई उच्च सम्मान गर्दै, देशको निम्ति निरन्तर प्रार्थना गर्ने समुदाय भएकोले कुनै पनि समाचारहरु सत्य नभएको स्पष्ट गराउन र नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीज्यूको र माननीय गृहमन्त्रीज्यूको नेपाली ख्रीष्टियन समुदायसँगको प्रसङ्ग जोडिएको उक्त अभिव्यक्ति प्रति संयुक्त विज्ञप्ती दिने छलफलमा सहमती भएको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd