धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

ख्रीष्टमस शुभकामना मोटर साइकल -याली भव्यताका साथ सम्पन्न

९ पुस २०७४, काठमाण्डौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्धारा आयोजित ख्रीष्टमस शुभकामना मोटर साइकल -याली भव्यताका साथ सम्पन्न भएको छ । विहान ७ बजे देखि शुरु भएको प्रभु येशू ख्रीष्टको शुभजन्मोत्सवको अवसरमा आयोजित मोटरसाइकल -यालीमा विभिन्न मण्डली तथा ख्रीष्टियन संघसंस्थाका प्रतिनिधिज्यूहरु, महासंघका पदाधिकारीज्यूहरु, मानवअधिकारकर्मीज्यूहरु र पत्रकारज्यूहरुको व्यापक सहभागिता रहको हो । सचिव तथा व्यवस्थापन प्रमुख पा. उद्धव चिमोरियाज्यूले कार्यक्रमको संचालन र महासंघका सहअध्यक्ष पा. तेजमान तामाङज्यूले सुरुको प्रार्थना गर्नुभएको सो कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य माननीय सुदिप पाठकज्यूले प्रमुख आतिथ्यता ग्रहण गर्दै रिबन काटी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । शुभारम्भ कार्यक्रममा मन्तव्य दिनुहुदैँ माननीय पाठकज्यूले देश शान्तिको खोजीमा छ तसर्थ शान्तिको पक्षमा, प्रेमको पक्षमा र सारा नेपालीहरुको मनमा, विचारमा र संस्कारमा एक प्रकारको भावना जागोस र सबै नेपालीहरुलाई प्रभु येशू ख्रीष्टले यो ख्रीष्टमसको अवसरमा सुख शान्ति फैलाउन र सबै नेपालीहरुले प्रेम गर्न सिकुन भनि शुभकामना दिनुभएको थियो । साथै महासंघका पदाधिकारीज्यूहरुले पनि ख्रीष्टमसको अवसरमा शुभकामना दिनुभएको थियो । -याली कार्यक्रम वानेश्वर चोक, विजुली बजार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धरा, लाजिम्पाटबाट घुमेर राजदरवारको अघिबाट जय नेपाल हल अगाडीबाट कृष्ण पाउरोटी मोडबाट, पुतलीसडक, पदमोद्य मोडबाट प्रदशनीमार्ग हुँदै भृकुटीमण्डपमा गई सभामा परिणत भएको थियो । समापन कार्यक्रमको सुरुको प्रार्थना पा. विरु घिसिङज्यूले गर्नुभई समापनको अन्तिम प्रार्थना -याली संयोजक सह–सचिव पा. ईश्वरचन्द्र काप्रीज्यूले गर्नुभएको थियो । ख्रीष्टमसका अवसरमा देशभरि नै मण्डली (चर्च) एवं ख्रीष्टियन संघसंस्थाहरुद्धारा ख्रीष्टमस सम्बन्धि विविध कार्यक्रमहरु आयोजना गरिएको हुँदा ती कार्यक्रमहरु हर्षोउल्लासका साथ सफल बनाउँनुहुन महासंघद्धारा भोलि पुस १० गते राष्ट्रिय सभा गृहमा आयोजित ख्रीष्टमस शुभकामना कार्यक्रममा प्रार्थनासहित सहभागिताको लागि हार्दिक आव्हान गरिएको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd