धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

ख्रीष्टमस महोत्सव २०७९ को समिक्षा बैठक सम्पन्न

१५ पौष २०७९ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको बिशेष केन्द्रिय समितिको बैठक सम्पन्न भएको छ । ख्रीष्टमस महोत्सव २०७९ को कार्यक्रम भब्यताको साथ सम्पन्न भएकोमा सर्वप्रथम परमेश्वरलाइ धन्यवाद भएको होस् । ख्रीष्टमस महोत्सव संयोजक सहअध्यक्ष रेभ. उद्धब चिमोरियाले ख्रीष्टमस कार्यक्रम भब्यताका साथ सफल भएको र सफल गराउनुहुने सबैलाइ धन्यवाद दिदै आउने दिनहरुमा अझै प्रार्थना सहयोगको आबश्यक रहेको जानकारी गराउनुभयो ।

संचालन कार्यवाहक महासचिव ज्ञानेन्द्र राज सापकोटाले गर्नुभएको थियो । भने आराधनामा सचिव अनिल राइले गर्नुभएको थियो । स्वागत मन्तब्य सहमहासचिव सुजना बस्नेतले गर्नुभयो । सुरुको प्रार्थना उपाध्यक्ष पा. आशा राईले गर्नुभएको थियो । ख्रीष्टमस महोत्सव कार्यक्रमलाई भब्य रुपमा सफल पार्नको लागि देश बिदेशमा बस्ने सम्पुर्ण दाजुभाई तथा दिदिबहिनीहरु, मण्डलीहरु, पाष्टरहरु, अगुवाहरुको, विश्वासीहरु, महासंघका पदाधिकारीहरु लगायतले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रार्थना, सहयोग गरिदिनुहुने सम्पुर्णलाई कार्यवाहक अध्यक्ष डोमा राईले धन्यवाद दिनुका साथै अन्तिम प्रार्थना गरेर बैठक समापन गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd