धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

ख्रीष्टमस महोत्सव २०७७ सम्पन्न

 

काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको डिसेम्बर २५ तारिख अर्थात पौष १० गतेका दिन मानव अधिकार आयोगको पूर्व प्रवक्ता माननिय मोहना अन्सारीको प्रमुख आतिथ्यमा ख्रीष्टमस महोत्सव भब्यताका साथ भर्चुअल विधि जुम एप मार्फत सम्पन्न गरेको छ । उक्त कार्यक्रममा देश तथा विदेशमा रहनु भएको नेपाली भाषी मण्डलीका पाष्टरहरु, अगुवाहरु, सदस्यहरु, महादेशिय प्रमूखहरु, विभिन्न देशका सदभावदुतहरु र पत्रकाहरु वृहत उपस्थिती रहेको थियो भने महासघको अफिसिएल फेसबुकबाट पनि प्रत्येक्ष प्रसारण गरिएको थियो ।

 

ललितपुरको क्लासिक ब्याङ्क्वेटको सभा हलमा आयोजित ख्रीष्टजन्मोत्सव महोत्सव समारोहलाई माननीय मोहना अन्सारीले पानसमा बत्ती बालेर समुद्घाटन गर्नु भएको थियो । सो समारोहमा बरिष्ठ अधिवक्ता तथा मानव अधिकार कार्मी दिनेश त्रिपाठी, जनजाती महासंघका पूर्व महासचिव आङ्काजी शेर्पा र स्लाम संघ नेपालका सचिव अब्दुल कलाम फलाही बिशिष्ट अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो ।

 

उक्त ख्रीष्टमस महोत्सव समारोहमा माननीय माननिय मोहना अन्सारीले ख्रीष्ट जन्मोत्सवको अवसरमा ख्रीष्टियन धर्मालम्बी लगायत सम्पूणर् नेपालीहरुमा शान्ति, सम्बृिद्ध र उत्तरोउत्तर प्रगतिको कामना गर्दै आफ्नो शुभकामना मन्तब्य राख्नुभएको थियो । साथै मानव अधिकार कार्मी दिनेश त्रिपाठी, जनजाती महासंघका पूर्व महासचिव आङ्काजी शेर्पा र स्लाम संघ नेपालका महासचिव अब्दुल कलाम फलाहीले पनि ख्रीष्टमस तथा नयाँ वर्ष २०२१को शुभकामना मन्तब्य राख्नु भएको थियो ।

 

अध्यक्ष सी.बी गहतराजले स्वागतको मन्तब्य राख्नुभएको सो समारोहमा महासंघका बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले परमेश्वरको वचनबाट बोल्नु हुँदै सबैमा उत्साह प्रदान गुर्न भएको थियो । सहअध्यक्ष, संघठन विभाग तथा प्रदेश नं ५ प्रमूख पा. टेक विक्रम हिताङ्ग, उपाध्यक्ष तथा प्रदेश नं ६ प्रमूख पा. पदम गैर, महासंघका गैर आवासीय तथा प्रवासी सहप्रमूख र उत्तर अमेरिका महादेश प्रमूख डा. प्रकाश मेघि गुरुङ्ग, महासंघका उत्तर अमेरिका सदभावदुत डा. मनोज श्रेष्ठले पनि ख्रीष्ट जन्मोत्सव र नयाँ वर्ष सन् २०२१ को शुभकामना मन्तब्य राख्नुभएको थियो ।

 

उक्त कार्यक्रमलाई उपमहासिचव एवम् प्रवक्ता रेभ. उद्धव चिमोरियाले कुशलता पूर्वक सञ्चालन गर्नुभएको थियो भने सुरुवातको प्रार्थना सहअध्यक्ष पा. तेजमान तामाङले गर्नुभएको थियो । ख्रीष्टमस सम्बन्धीका भजन गीतहरु केन्द्रिय सदस्य अनिल राईको क्वायर झुण्डले अगुवाई गर्नुभएको थियो भने ख्रीष्टमस स्पेशल गीत गगन सुब्बा र उहाँको टिमले गाउनु भएको थियो । ख्रीष्टमस समारोहका सभापति सहअध्यक्ष रीता थापा मगरले धन्यवादको छोटो मन्तब्य राखेर कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो भने अन्तिम प्रार्थना मण्डली समन्वय विभाग प्रमूख रेभ. पा. सोनाम काबोले गर्नु भएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd