धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

ख्रीष्टमस महोत्सव २०७६ सम्पन्न

काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले हिजो डिसेम्बर २५ तारिख अर्थात पुस ९ गतेका दिन सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यमा ख्रीष्टमस महोत्सव भब्यताका साथ सम्पन्न भएको छ ।

   

काठमाडौंको प्रज्ञा प्रतिष्ठानको सभा हलमा आयोजित ख्रीष्टजन्मोत्सव महोत्सव समारोहलाई सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनले पानसमा बत्ती बालेर समुद्घाटन गर्नु भएको थियो । सो समारोहमा नेपाली कांग्रेसका नेता तथा पुर्व उपप्रधानमन्त्री माननीय गोपालमान श्रेष्ठ र नेकपाका नेतृ एवं पुर्वशान्ति मन्त्री माननीय सत्या पहाडी बिशिष्ट अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो ।

       

सो ख्रीष्टमस महोत्सव समारोहमा सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनले लगायत अन्य महानुभावहरुलाई राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले दोसल्ला ओढाई कदर पत्र प्रदान गरेर सम्मान गरेको थियो । यसरी सम्मानित हुने ब्यक्तिहरुमा लामो समयदेखि पूर्वी नेपालमा रहेर करिव दुई दशक पत्रकारितामा योगदान पु¥याउनु हुने गिदोन लामीछाने, नेपाली ख्रीष्टियन संगीतमा लामो समय योगदान गर्नुहुने संगीतकार द्धय त्रिलोक प्रधान र गगन सुब्बा, हेटौंडामा रहेर नेपाली ख्रीष्टियन साहित्यमा योगदान पु¥याउनु हुने साहित्यकार जीवन शाह, विदेशमा रहेर बालबालिकाको हितमा काम गर्नु भएकी रुथ पराजूली र हङकङमा रहेर नेपालीहरुको बिचमा सेवा पु¥याउनु हुने पा. राजु बराइलीका साथै मानव अधिकारको क्षेत्रमा योगदान पु¥याउनु हुने मानव अधिकारकर्मी चरण प्रसाई लगायतका लाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो । साथै संविधानविद् दिनेश त्रिपाठी, महासंघको युरोपका सद्भावदूत डा. डम्बर अधिकारी, नेकपाका नेतृ तथा पूर्वशान्ति मन्त्री सत्या पहाडी, नेपाली कांग्रेसका नेता तथा पुर्वउपप्रधान मन्त्री गोपालमान श्रेष्ठ, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका पूर्व अध्यक्ष सुन्दर थापा लगायतलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

   

त्यस ख्रीष्टमस महोत्सव समारोहमा सम्माननीय उपराष्ट्रपति नन्द बहादुर प्ुनले ख्रीष्ट जन्मोत्सवको अवसरमा ख्रीष्टियन धर्मालम्बी लगायत सम्पूर्ण नेपालीहरुमा शान्ति, सम्बृिद्ध र उत्तरोउत्तर प्रगतिको कामना गर्दै आफ्नो शुभकामना मन्तब्य राख्नुभएको थियो । साथै नेपाली कांग्रेसका नेता एवम् पुर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, नेकपाका नेतृ तथा पुर्व शान्तिमन्त्री सत्य पहाडीले पनि ख्रीष्टमस तथा नयाँ वर्ष २०२०को शुभकामना मन्तब्य राख्नु भएको थियो ।

   

सहअध्यक्ष रिता काबोले स्वागतको मन्तब्य राख्नुभएको सो समारोहमा महासंघका युरोपका सद्भावदूत डा. डम्बर अधिकारीले परमेश्वरको वचनबाट बोल्नु हुँदै सबैमा उत्साह प्रदान गुर्न भएको थियो । महासंघका बरिष्ठ सहअध्यक्ष डा. फिलेमोन खड्का क्षेत्री, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका गैर आवासीय तथा प्रवासी सचिव रेभ. पा. राजु बराइलीले पनि ख्रीष्ट जन्मोत्सव र नयाँ वर्ष सन् २०२० को पनि शुभकामना मन्तब्य राख्नुभएको थियो । उक्त कार्यक्रमलाई उपमहासिचव एवम् प्रवक्ता रेभ. उद्धव चिमोरियाले कुशलतापूर्वक सञ्चालन गर्नुभएको थियो भने सुरुवातको प्रार्थना सहअध्यक्ष पा. तेजमान तामाङले गर्नुभएको थियो । ख्रीष्टमस सम्बन्धीका भजन गीतहरु सिलोआम बाँसबारी चर्चका क्वायर झुण्डले अगुवाई गर्नुभएको थियो । प्रज्ञा प्रतिष्ठानको सभा हलमा खचाखच भरिएको सो समारोहको अन्त्यमा त्यस ख्रीष्टमस महोत्सव समारोहका सभापति एवम् राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सी.वी गहतराजले धन्यवादको छोटो मन्तब्य राखेर कार्यक्रम समापन भएको घोषणा गर्दै अन्तिम प्रार्थना गर्नु भएको थियो ।

                                               

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd