धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

ख्रीष्टमस महोत्सव –२०७४ को तयारी पुरा

१७ कात्र्तिक २०७४, काठमाण्डौँ । राष्ट्रिय ख्रीष्टयन महासंघ नेपालका सचिव पा. तेज बहादुर रोक्काज्यूको संयोजकत्वमा ख्रीष्टमस मुल समारोह समितिको बैठक महासंघ कार्यालयमा सम्पन्न भएको छ । सह–अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीज्यूले शुरुको प्रार्थना गर्नुभई बैठक सुरु भएको थियो । बैठकले ख्रीष्टमस महोत्सव –२०७४ सम्पन्न बनाउनको निम्ति उपत्यकामा रहेका चर्च समुदायबाट क्वायर टिम बनाउने कुरा जानकारी सह–अध्यक्ष डा. सरिता गिरी थापा ज्यूले बताउनु भयो । ख्रीष्टमस महोत्सव सँग सम्बन्धित ख्रीष्ट येशूको जन्मको प्रवचन रेभ. डा. फिलेमोन खड्का क्षेत्रीज्यूलाई जिम्मेवारी दिइएको छ । साथै महोत्सव सभ्य र भव्य बनाउन केन्द्रिय समिति सदस्य लगायतकाहरुको जिम्मेवारी बाँडफाँड तथा कार्यविभाजन गरिएको छ भने ख्रीष्टमस महोत्सव सफल बनाउन हरेक मण्डली तथा संघसंस्थाबाट धेरै भन्दा धेरै सहभागिता भईदिनुहुन सम्पुर्ण अगुवा तथा पाष्टरज्युहरुलाई महासंघ हार्दिक अनुरोध गर्दछ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd