धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

ख्रीष्टमस महोत्सव मुल समारोह समितिको बैठक सम्पन्न

२०७४ साल कार्तिक १२ गते, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालका सचिव पा. तेज बहादुर रोक्काज्यूको संयोजकत्वमा ख्रीष्टमस मुल समारोह समितिको बैठक महासंघको कार्यालयमा सम्पन्न भएको छ । सह–अध्यक्ष डा. सरिता गिरी थापाज्यूले शुरुको प्रार्थना गर्नुभई बैठक सुरु भएको थियो । बैठकले ख्रीष्टमस महोत्सव सभ्य र भव्य बनाउन बैठकले विभिन्न पदाधिकारीको कार्यविभाजन गरी कार्यक्रम सफल बनाउनका लागि आवश्यक तयारी गरेको हो । ख्रीष्टमस महोत्सव–२०७४को विषयमा मुल समोरोह समितिका संयोजक सचिव पा. तेजबहादुर रोक्काज्यूले सबैलाई जानकारी गराउनु भएको थियो । बैठकले विभागीय प्रमुख, केन्द्रिय समितिका सदस्य र प्रदेश प्रमुख गरी १०१ जनाको मुल समारोह समिति गठन गरेको छ । भने समापनको अन्तिम प्रार्थना रेभ. शामूएल सोदेम्बाज्यूले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd