धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

ख्रीष्टमस महोत्सवको तयारी सम्पन्न

२०७९ पौष ४ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको विशेष केन्द्रीय समितिको बैठक आइतबार सम्पन्न भएको छ । कार्यवाहक अध्याक्ष डोमा राईको प्रमुख आतिथ्यतामा बसेको बैठकमा महासंघले आयोजना गर्न लागेको ख्रीष्टमस शुभकामना मोटरसाइकल ¥याली र वृहत शुभकामना कार्यक्रमको पुर्वतयारीका बारेमा छलफल भएको थियो ।यहि पौष ८ गते बिहान ७ बजेबाट काठमाण्डौको बिजुलीबजारदेखि सुरु भएर भृकुटीमण्डपमा गई समापन हुने मोटरसाइकल ¥यालीको संयोजन महासंघका सचिव तथा आराधना विभाग प्रमुख अनिल राईले गर्नुहुने बैठकले निर्णय गरेको छ । त्यस्तै पौष १० गते राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको भवनमा दिउसो ३ बजेबाट राज्यका विशिष्ठ व्यक्तिहरुको आतिथ्यता तथा उपत्यकाव्यापी संस्था तथा मण्डलीहरुको उपस्थितिमा वृहत शुभकामना कार्यक्रम गरिने भएको छ । उक्त कार्यक्रमको संयोजन महासंघका सहअध्यक्ष तथा राजनीतिक विभाग प्रमुख उद्धव प्रसाद चिमोरीयाले गर्नुहुने भएको छ ।

आजको बैठकमा महासंघका कार्यवाहक अध्यक्ष डोमा राई, सहअध्यक्ष उद्धव चिमोरीया, सहअध्यक्ष देउमाया तामाङ, सल्लाहकार एलिया प्रधान, उपाध्यक्षहरु ख्रीष्टभक्त महर्जन, अर्जुन भण्डारी, जितेन्द्र घिमिरे, आशा राई, कार्यवाहक महासचिव ज्ञानेन्द्रराज सापकोटा, सहमहासचिव सुजना बस्नेत लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

 

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd