धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

ख्रीष्टमस कार्यक्रमबारे जानकारी गराउन महासंघको पत्रकार भेटघाट कार्यक्रम

  २५ मंसिर, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल अन्तर्गत प्रचार प्रसार विभागले ख्रीष्टमस २०७६ को अवसरमा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

राष्ट्रिय ख्रीष्टियन महासंघले ख्रीष्टमस र ख्रीष्टमसको पूर्वसन्ध्यामा गर्ने विभिन्न कार्यक्रमर पुष ९ गते सार्वजनिक विदा कायम गराउन महासंघले गरिरहेको पहलको विषयमा जानकारी गराउन पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको हो । पत्रकार भेटघाटको सुरुको प्रार्थना महासंघका सह–अध्यक्ष पास्टर तेजमान तामाङले गर्नुभएको थियो । महासंघका प्रचार प्रसार विभाग प्रमुख प्रकाश विशुन्केले ख्रीष्टमस कार्यक्रमको सन्दर्भमा विषय प्रवेश गर्नुभएको थियो । साथै महासंघका उप–महासचिव तथा प्रवक्ता रेभ.पास्टर उद्धव चिमोरियाले प्रेस विज्ञप्ती वाचन गरेर विषयवस्तु माथि चर्चा गर्नुभएको थियो । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले ख्रीष्टमस २०७६ को अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गतपुष ६ गते तदानुसार डिसेम्बर २२ आइतबारका दिन महिला विभागको शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम काठमाडौस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि हुने विभागकी प्रमुख डोमा राईले जानकारी गराउनुभयो । सोही दिन बिहान ७ बजे खेलकुद विभागको संयोजनमा म्याराथन दौड कार्यक्रमको आयोजना गरिएको छ । दौड बानेश्वर एभरेष्ट होटल अगाडीबाट सुरु हुने विभाग प्रमुख पास्टर करण सिलवालले बताउनुभयो । यस्तै, पुष ८ गते तदानुसार डिसेम्बर २४ मंगलबारका दिन युवा विभागको नेतृत्वमा मोटरसाइकाल ¥याली विहान ७ बज देखिे शुरु हुने विभाग प्रमुख मुकेश तामाङले जानकारी दिनुभयो । ¥याली काठमाडौँको विजुलीबजारबाट सुरु भएर माइतिघर, थापाथली,त्रिपुरेश्वर, बिर हस्पिटल, जमल, दरबार मार्ग,गैरीधारा, पुतलीसडक हँुदै भृकुटी मण्डपममा पुगेर कोणसभामा परिणत हुनेछ । राष्ट्रिय ख्रीष्टियन महासंघले हरेक वर्ष गर्दै आएको ख्रीष्टमस महोत्सव यस वर्ष पनि डिसेम्बर २५ तारिखका दिन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो २ देखि साँझ ६ बजेसम्म हुने महासंघका अध्यक्ष सि.वि. गहतराजले बताउनुभयो । उक्त ख्रीष्टमस कार्यक्रम विभिन्न टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने अध्यक्ष गहतराजले बताउनुभयो । आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासंघका वरिष्ठ पास्टर रेभ. डा. फिलेमोन क्षेत्रीले उपस्थित पत्रकारहरुलाई धन्यवाद ज्ञापन गर्नुभइ समापनको प्रार्थना गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष पास्टर बाबुराम हिङमाङ,सदस्य सचिव पास्टर कर्ण लाल पाण्डे, हङकङ काउन्सीलका कोषाध्यक्ष हिमबहादुर थापा लगायत विभिन्न विभागका प्रमुख तथा केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको थियो ।

     

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd