धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

ख्रीष्टमसको सार्वजनिक विदा कायम भएकोमा धन्यवाद प्रस्ताव पारित

२०७४ मंसिर १५ गते ललितपुर, नेपाल राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रिय समितिको आकस्मिक बैठक अध्यक्ष सि.बि. गहतराजज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा नेपाल सरकारद्वारा मिति २०७४।८।१४ गते ख्रीष्टियन समुदायको महान पर्व ख्रीष्टमस २०७४ का अवसरमा २०७४ पौष १० गते (डिसेम्बर २५) सोमबारका दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली नियोगहरु समेतमा सार्वजनिक विदा घोषणा गर्ने निर्णय गरेकोमा सर्वप्रथम परमेश्वरलाई धन्यवाद दिँदै नेपाल सरकार र यसका सम्बन्धित सम्पूर्ण निकायहरु, कुटनीतिक नियोगहरु लगायत यसको लागि पहल गर्नुहुने सम्पूर्ण पक्षधरहरुलाई धन्यवाद दिँदै सो सम्बन्धमा प्रार्थना गर्नुहुने स्वदेश तथा विदेशका सम्पूर्ण ख्रीष्टियन दाजुभाइ दिदीबहिनीहरुलाई धन्यवाद प्रस्ताव पारित गरी मिति २०७४ मंसिर १६ गते शनिवारका दिन बेथसालोम चर्च, पुतलीसडकमा दिउँसो २ बजे वृहत धन्यवाद प्रार्थना सभा आयोजना गर्नुका साथै सम्पूर्ण जिल्ला तथा प्रदेश स्तरहरुमा समेत प्रार्थना सभाको लागि आव्हान गर्ने निर्णय गरिएको छ । त्यसैगरी सोही बैठकबाट हङ्गकङ्ग नेपाली ख्रीष्टियन काउन्सिलका अध्यक्ष रेभ. जेम्स कोराङ्गीज्यूलाई हङ्गकङ्गको लागि महासंघको सद्भावदूतमा मनोनित गर्ने बैठकद्वारा सर्वसम्मतिले पारित गरेको छ । साथै ख्रीष्टमस २०७४ को अवसरमा पौष १० गते महासंघद्वारा आयोजित ख्रीष्टमस महोत्सव २०७४ भव्यताका साथ सम्पन्न गर्नको लागि यसका तयारी र व्यवस्थापनका विषयमा संयोजक पा. तेज बहादुर रोक्काज्यूले जानकारी गराउनुभएको थियो । त्यसैगरी महासंघको आफ्नै भवन निर्माण गर्नको लागि सहअध्यक्ष डा. फिलेमोन क्षेत्रीज्यूद्वारा अध्यक्ष सि.बि गहतराजज्यूलाई आर्थिक बिजारोपण स्वरुप केही रकम हस्तान्तरण गरी आर्थिक संकलनको कार्यलाई शुरुवात गर्दै आगामी बैठकमा भवन निर्माण समिति बनाई सो कार्यका लागि आर्थिक संकलन अभियानलाई तीब्रता दिने निर्णय समेत गरिएको छ । आगामी बैठक मिति २०७४ पौष २ गते विहान ११ बजे महासंघको कार्यालय सातदोबाटोमा बस्ने निर्णय गरिएको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd