धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

खुल्ला मञ्चमा हुने इष्टर सण्डेको -यालीमा सहभागि हुन सम्पूर्ण मण्डली तथा ख्रीष्टियन संघसंस्थाहरुलाई महासंघको आह्वान

१६ माघ २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सी.वी. गहतराजज्यूको अध्यक्षतामा केन्द्रिय विशेष कार्यकारी समितिको बैठक महासंघको कार्यालयमा सम्पन्न भएको छ । महासंघको विशेष बैठकले प्रभु येशू ख्रीष्टको पुनरुत्थानको दिन इष्टर सण्डेको अवसरमा विभिन्न स्थानबाट -याली सुरु गरी खुल्लामञ्चमा उपस्थित भई राष्ट्रका प्रमुख व्यक्तित्वहरुको उस्थितीमा इष्टर महोत्सवको आयोजना गर्ने निर्णय गरको छ । सो इष्टर सण्डे उपत्यकाव्यापी मात्र नभई राष्ट्रव्यापी भएकोले राज्य, सरकार, राजनीतिक दलहरु र सम्पुर्ण नेपालीहरुलाई प्रभु येशू ख्रीष्टको पुनरुत्थान दिनको बारेमा सबैलाई जानकारी गराउने र सावजनिक विदा कायम गराउनको लागि नेपाल सरकार र राजनीतिक दलहरुलाई अनुरोध गर्दै राष्ट्रिय पर्वको रुपमा स्थापित गराउन पहल गर्न महासंघले यो कार्यक्रमको आयोजना गर्न लागेको हो । साथै महासंघको ७ वटै प्रदेशमा रहको प्रादेशिक समितिले इष्टर महोत्सवको आयोजना गर्न व्यवस्था गर्ने र सो इष्टर -यालीमा सम्पुर्ण मण्डली तथा ख्रीष्टियन संघसंस्थाहरुलाई उपस्थित भई सहयोग गरिदिनुहुन समेत आह्वान गरको छ । बैठकले इष्टर सण्डे महोत्सव–२०७४ मुल समारोह समितिका अध्यक्ष महासंघका अध्यक्ष सी.वी. गहतराजज्यूको अध्यक्षतामा महासंघका पदाधिकारीज्यूहरु, सल्लाहकारज्यू लगायतका मण्डली समुहका प्रतिनिधिज्यूहरु र ख्रीष्टियन संघसंस्थाका प्रमुखज्युहरुबाट थप गरी १४१ सदस्यीय समितिलाई आउँदो माघ २८ गते महासंघको कार्यालयमा पूर्णता दिने निर्णय गरको छ भने सबैसँग मिलेर जानुपर्छ भन्ने पहिलो प्राथमिकता महासंघको रहकोले उपमहासचिव पा. चन्द्रमान नेपालीज्यूको संयोजकत्वमा सचिव तथा व्यवस्थापन विभाग प्रमुख पा. उद्धव चिमोरियाज्यू, सचिव पा. किरण दासज्यू, सचिव पा. उदयराज भाटज्यू र सचिव तथा आर्थिक विभाग प्रमुख पा. हेम बहादुर थापाज्यू रहको ५ सदस्यीय समन्वय समितिले मण्डली तथा ख्रीष्टियन संघसंस्थाहरुसँग समन्वय गर्न एक समिति गठन गरेको छ । त्यसैगरी ७ नं प्रदेशका प्रमुख उपाध्यक्ष पा. जितेन्द्र ताम्राकारज्यू र प्रदेश नं. ३ का प्रमुख उपाध्यक्ष पा. ज्ञान बहादुर सुनुवारज्यूले बैठकको एजेण्डाबारे आ–आफनो सुझाव तथा धारणा राख्नुभएको थियो । बैठकले ०७४/०७५ को वार्षिक कार्ययोजनाबारे छलफल गरी अर्को बैठकमा प्रस्तुत गर्ने निर्णय गरको छ । उक्त बैठकको सुरुको प्रार्थना सह–अध्यक्ष रेभ. शामूएल सोदेम्बाज्यूले गर्नुभई अन्तिम समापनको प्रार्थना सह–अध्यक्ष रेभ. काजीरत्न मर्हजनज्यूले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd