धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

केन्द्रीय महिला बिभागको बैठक सम्पन्न

२७ माघ २०७९। केन्द्रीय महिला बिभागको मासिक बैठक महासंघको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । बैठकमा २०७९ फागुन २ देखि ४ अर्थात (फेब्रुअरी १४—१६, २०२३) डि.ए.आई. नेपालको दोस्रो चरणको तालिम अवाना गेष्ट हाउसमा गर्ने निर्णय गरेको छ । भने २०७९ फागुन २४ (मार्च ८, २०२३) अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा बिभिन्न मण्डलीका दिदिबहिनीहरुको उपस्थितीमा एक दिने जागृती कार्यक्रम गर्ने निर्णय गरिएको छ । कार्यवाहक अध्यक्ष डोमा राईले सुरुको प्रार्थना गरी बैठक अगाडी बढाउनु भएको थियो । भने संचालन केन्द्रीय महिला बिभागको सचिव जुनु लामाले गर्नुभएको थियो । अन्य विषय नभएकोले बैठकमा उपस्थित सबैलाई धन्यवाद सहित कार्यवाहक अध्यक्ष डोमा राईले बैठक समापन गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd