धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

केन्द्रिय समिति तथा सल्लाहकार समेतको संयुक्त बैठक सम्मान

२२ भाद्र २०७५ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रिय समिति तथा सल्लाहकार समेतको संयुक्त बैठक अध्यक्ष सि.वि. गहतराजज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा महासंघको आन्तरिक व्यवस्थापन र वर्तमान परिस्थिति र संविधान घोषणा भएको तेस्रो वर्ष असोज ३ गतेको उपलक्ष्यमा प्रार्थना सभा आयोजना गर्ने सम्बन्धमा व्यापक छलफल भएको थियो । सल्लाहकार रेभ. जगत प्रधान, रेभ. एलिया प्रधान र वरिष्ठ सह अध्यक्ष डा. फिलेमोन क्षेत्री, सह अध्यक्ष डा. सरिता थापा, रिता काबो, तेजमान तामाङ्ग, उपाध्यक्ष रेभ. बाबुराम हिंगमांग, डोमा राई, अन्न पेडान, सचिव उद्धव चिमोरिया लगायत सबैले आ-आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । सह सचिव सुनिल तामाङ्गले संचालन र आराधना गर्नुभएको थियो । संविधान घोषणा भएको तेस्रो वर्ष असोज ३ गते बिहान ११ बजे राष्टिय प्रज्ञा प्रतिष्ठान कमलादीमा प्रार्थना सभा आयोजना गरिएको हुँदा सबैलाई सहभागिताको अनुरोध गर्नुका साथै सातैं वटा प्रदेशमा प्रादेशिक तथा जिल्लास्तरीय प्रार्थना सभा आयोजना गर्नुहुन पनि सबैमा अनुरोध गरिएको छ, भने अध्यक्ष गहतराजले आफ्नो भनाई राख्दै बैठकलाई समापन गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd