धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

केन्द्रिय समितिको बैठक सम्पन्न, ख्रीष्टमस महोत्सव–२०७४ सफल बनाउन सम्पुर्ण कार्यक्रमको तयारी पुरा

२ पुस २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सी.वी. गहतराजज्यूको अध्यक्षतामा केन्द्रिय समितिको बैठक सम्पन्न भएको छ । महासंघका महासचिव पा. पदमनाथ पारजुलीज्यूले संचालन गर्नुभएको बैठकमा सह–अध्यक्ष रेभ. डा. फिलेमोन क्षत्रीज्यूले सुरुको प्रार्थना गर्नुभएको हो । बैठकले आउँदै गरेको प्रभु येशू ख्रीष्टको शुभ जन्मोत्सव ख्रीष्टमस महोत्सव–२०७४ सफल बनाउनको लागि विभिन्न विभागहरुले पाएको जिम्मेवारी तयारी भएको जानकारी पेश गर्नुभएको थियो । ख्रीष्टमस महोत्सव–२०७४ का संयोजक तथा सचिव पा. तेज बहादुर रोक्काज्यूले जानकारी दिनुभएको थियो । साथै ख्रीष्टमस महोत्सव–२०७४ को सम्पुर्ण व्यवस्थापन सम्बन्धमा सचिव तथा व्यवस्थापन प्रमुख पा. उद्धव चिमोरियाज्यूले जानकारी दिनुभएको छ भने ख्रीष्टमस महोत्सवको प्रचार प्रसार सम्बन्धि केन्द्रिय सदस्य तथा प्रचार प्रसार विभाग प्रमुख प्रकाश विशुन्केज्यूले जानकारी दिनुभएको थियो । बैठकमा युवा विभागद्धारा भईरहेको कार्यक्रमहरुको विषयमा केन्द्रिय सदस्य तथा युवा विभाग प्रमुख पा. देवीलाल श्रेष्ठ (देव)ज्यूले जानकारी गराउनुभएको थियो भने महिला विभागद्धारा आयोजना गरिने ख्रीष्टमस शुभकामना आदनप्रदान कार्यक्रमको जानकारी अध्यक्ष डोमा राईज्यूले र अन्तर धार्मिक विभागद्धारा आयोजना गरिने ख्रीष्टमस शुभकामना आदनप्रदान कार्यक्रमको जानकारी पा. जोना योञ्जनज्यूले दिनुभएको थियो । साथै क्वायर सम्बन्धि जानकारी प्रार्थना विभाग प्रमुख देउमाया तामाङज्यूले दिनुभएको थियो भने स्रोत साधन पहल विभागका प्रमुख पा. प्रेम सुब्बाज्यूले समेत क्यालेण्डरको विषयमा जानकारी गराउनु भएको थियो । महासंघका अध्यक्ष गहतराजज्यूले हङकङ्ग र सिंगापुरको भ्रमणको विषयमा र महोत्सव सफल बनाउन पदाधिकारीज्युहरुले खेल्नु पर्ने भूमिकाको विषयमा जानकारी गराउनुभएको थियो । साथै पुस ९ गते आइतबार ख्रीष्टमस शुभकामना मोटर साइकल -याली र पुस १० गते दिनको ३ बजे प्रदशनीमार्गस्थित राष्ट्रिय सभा गृहमा हुने ख्रीष्टमस कार्यक्रममा सहभागि हुन सम्पुर्ण मण्डली तथा ख्रीष्टियन संघसंस्थाहरुलाई महासंघले आह्वान गरेको छ भने भोलि २ बजे महासंघको कार्यालयमा पत्रकार सम्मेलन गरी वर्तमान परिस्थिती र ख्रीष्टमसको कार्यक्रम सम्बन्धि सार्वजनिक गरिने महासंघले जनाएको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd