धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

केन्द्रिय समितिको बैठक सम्पन्न

२९ मङ्सिर २०७७ (सोमबार) । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको केन्द्रिय समितिको बैठक महासंघका बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीको अध्यक्षतामा भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न भएको छ । बैठकको संचालन उपमहासचिव तथा प्रवक्ता रेभ. पा. उद्धव चिमोरियाले गर्नुभएको थियो भने सुरुको प्रार्थना सहअध्यक्ष पा. तेजमान तामाङ्गले गर्नुभएको थियो । आराधनाको अगुवाइ सहसचिव चित्ररेखा ओझाले गर्नुभएको थियो ।

सचिवालय संयोजक रेभ. पा. प्रेम कार्कीले विषय वस्तुको जानकारी गराउनु भएको थियो । सहअध्यक्ष तथा संगठन विभाग र ५ नं प्रदेश प्रमूख पा. टेक विक्रम हिताङ्गले राष्ट्रिय ख्रीष्टियन महासंघको संगठन विस्तारको प्रगति विवरण तथा केन्द्रिय पदाधिकारीहरुलाई सकृय बनाउन कार्यदल गठन गर्ने सम्बन्धमा प्रस्ताब गर्नुभएको थियो भने सहअध्यक्ष तथा विदेश विभाग प्रमूख रीता थापा मगर काबोले प्रवासी तथा गैह्र आवासिय विभागको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तावित छलफल माथि ख्रीष्टमसको सार्वजनिक बिदाको निम्ति केन्द्रबाट सरकारसंग पहल गर्ने साथै सबै प्रदेशको सम्बन्धित निकायहरुमा ज्ञापन पत्र बुझाउने निणर्य सर्वसम्मतिले पारित गरियो भने महासंघको आयोजनामा पुस १० गते अर्थात डिसेम्बर २५ तारिखका दिन भर्चुअल विधि जुम एप मार्फत अपराहन्न ४ बजे देखि ख्रीष्टमस कार्यक्रम सुरु हुने भएकोले सम्पन्न गर्न १३ सदस्य ख्रीष्टमस कार्यक्रम २०७७ मूल समारोह समिति गठन गरियो । जसमा सहअध्यक्ष रीता थापा मगर काबो कार्यक्रम संयोजक, उपाध्यक्ष रेभ. पा. कृष्ण परियार सहसंयोजक, उपमहासचिव तथा प्रवक्ता रेभ. पा. उद्धव चिमोरिया सचिव, सदस्यहरुमा सचिवालय संयोजक रेभ. पा. प्रेम कार्की, सचिव विष्णु परियार, सहकोषाध्यक्ष तथा केन्द्रिय प्रार्थना विभाग सहप्रमूख पा. आशा राई, सहकोषाध्यक्ष पा. ईश्वर श्रेष्ठ, मण्डली समन्वय विभाग प्रमूख रेभ. पा. सोनाम काबो, केन्द्रिय सदस्य पा. संगम के.सी र केन्द्रिय सदस्य तथा केन्द्रिय प्रार्थना विभाग संयोजक मोनिका राई, केन्द्रिय यूवा विभाग प्रमूख मुकेश मोक्तान, केन्द्रिय सदस्य तथा ललितपुर यूवा विभाग प्रमूख पा. करण सिलवाल र केन्द्रिय सदस्य अनिल राई रहनुभएको छ । ख्रीष्टमस कार्यक्रम २०७७ मूल समारोहमा महासंघका सबै पदाधिकारीहरु, सदस्यहरु, महादेश प्रमुखहरु, सद्भावदूतहरु तथा देश विदेशमा रहनु भएका सम्पुर्ण नेपालीभाषी मण्डलीका पाष्टर, अगुवा तथा मण्डलीका विश्वासीज्यूहरु र पत्रकार मित्रहरुलाई गरिमामय सहभागिताको लागि हार्दिक आमन्त्रण गर्नुका साथै सफलताका लागि प्रार्थना गर्न अपिल गरिएको छ । प्रदेश स्थरमा पनि विभिन्न ख्रीष्टमसका कार्यक्रमहरु आयोजना गर्ने निर्णय गरिएको छ । केन्द्रिय पदाधिकारीहरुलाई सकृय बनाउन तीन जनाको कार्यदल गठन गरिएको छ, जसमा सचिव विष्णु परियार संयोजक, सचिवालय संयोजक रेभ. पा. प्रेम कार्की र केन्द्रिय सदस्य पा. संगम के. सी.लाई सर्वसम्मतिले तोकिएकोे छ ।

अध्यक्ष सी.बी.गहतराजले बैठकमा सहभागिहरुको प्रश्नको जवाफ दिनु भएको थियो भने बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले बैठकमा सहभागिहरुलाई धन्यवाद दिएर अन्तिम प्रार्थनाद्वारा कार्यक्रम समापन गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd