धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

केन्द्रिय समितिको बैठक तथा नयाँ कार्यालय अर्पण कार्यक्रम सम्पन्न

मंसिर ४ सोमवार २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रिय समितिको बैठक तथा नयाँ कार्यालय अर्पण कार्यक्रम महासंघको नयाँ कार्यालय सातदोबाटोमा सम्पन्न भएको छ । महासंघका महासचिव पा. पदमनाथ पराजुलीज्यूले बैठकको संचालन र रेभ. डा. फिलेमोन क्षेत्रीज्यूले सुरुको प्रार्थना गरी बैठक सुरु भएको थियो । बैठकको अध्यक्षता महासंघका अध्यक्ष सी.वी. गहतराजज्यूले गर्नुभएको थियो भने रेभ. शामूएल सोदेम्बाज्यूले सबै उपस्थित सदस्यज्यूहरुलाई स्वागत गर्नुभई महासंघका सल्लाहकार रेभ. पा. प्रकाश सुब्बाज्यूले आशिषमय वचनको सेवा तथा कार्यालय अर्पणको प्रार्थना समेत गर्नुभएको हो । सोहि अवसरमा महासंघका थप मनोनित पदाधिकारीज्यूहरुलाई प्रमाण पत्र वितरण गरीएको थियो साथै सचिव तथा ख्रीष्टमस महोत्सव–२०७४ का संयोजक पा. तेज बहादुर रोक्काज्यूले ख्रीष्टमस महोत्सव सम्बन्धि विस्तृत जानकारी दिनुभएको थियो । केन्द्रिय सदस्य तथा युवा विभाग प्रमुखमा पा. देवीलाल श्रेष्ठज्यूलाई गरेको प्रस्तावमा केन्द्रिय समितिबाट सर्वसम्मतले अनुमोदन गरी निर्णय गरेको छ । साथै सचिव तथा व्यवस्थापन प्रमुख पा. उद्धव चिमोरियाज्यूले २ गते शनिवार सम्पन्न महासंघको यूवा विभागका नयाँ कार्य समितिको परिचय गराई कार्यक्रममा कार्यकारीणी पदाधिकारीज्यूहरुबाट खदा लगाई स्वागत गरिएको थियो र आर्थिक छलफल तथा संकलन सम्बन्धमा विस्तृत जानकारी आर्थिक विभाग प्रमुख सचिव पा. हेम बहादुर थापाज्यूले गर्नुभएको थियो । कार्यक्रमको अन्तमा पा. जीवन बस्नेत र प्रार्थना विभाग प्रमुख देउमाया तामाङज्यूले राष्ट्रको लागि प्रार्थनाको अगुवाई गर्नुभई अध्यक्ष सी.वी. गहतराजज्यूले उपस्थित सबै केन्द्रिय सदस्य तथा पदाधिकारीज्यूहरुलाई धन्यवाद ज्ञापन गरी महासंघका सल्लाहकार रेभ. जगत प्रधानज्यूले अन्तिम प्रार्थना गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd