धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

केन्द्रिय विशेष कार्यकारी समितिको बैठक सम्पन्न

२१ जेठ, २०७५ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रिय विशेष कार्यकारी समितिको बैठक अध्यक्ष सी.वी. गहतराजज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले हाल देशमा भईरहेको विभिन्न घटनाहरुको विषयमा राज्यको ध्यानाकर्षण गराउने र वर्तमान परिस्थिती बारे समिक्षा गरिएको थियो। महासंघले अब देशव्यापी रुपमा प्रार्थना अभियान संचालन गरी प्रशिक्षण तथा समितिहरु गठन र परिचालन गर्ने निर्णय गरेको छ साथै अहिलेको परिस्थितीमा सबै मण्डली (चर्च) समुह लगायतकाहरुलाई मिलेर अगाडी बढन आह्वान समेत गरेको छ । सो बैठकको सुरुको प्रार्थना उपमहासचिव पा. चन्द्रमान नेपालीज्यूले गर्नुभई अन्तिम प्रार्थना सहअध्यक्ष रेभ. डा. फिलेमोन क्षेत्रीज्यूले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd