धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

केन्द्रिय विशेष कार्यकारी समिति बैठक सम्पन्न

२७ कात्र्तिक २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालका अध्यक्ष सी.वी. गहतराजज्यूको अध्यक्षतामा केन्द्रिय विशेष कार्यकारी समिति बैठक सम्पन्न भएको छ । महासंघका महासचिव पा. पदमनाथ पराजुलीज्यूले सञ्चालन गर्नुभएको बैठकमा सह–अध्यक्ष रेभ. शामूएल सोदेम्बाज्यूले सुरुको प्रार्थना गर्नुभएको थियो । बैठकले आउँदो प्रभु येशू ख्रीष्टको शुभ जन्मोत्सव ख्रीष्टमस महोत्सव–२०७४ को सम्पुर्ण तयारी सम्बन्धि जानकारी सचिव तथा महोत्सव संयोजक पा. तेज बहादुर रोक्काज्यूले ख्रीष्टमस महोत्सवलाई भव्य र सभ्य बनाउन बैठकमा प्रतिवेदन प्रस्तुत गर्नुभई बैठकले निर्णय गरेको छ । ख्रीष्टमस महोत्सवको व्यवस्थापन सम्बन्धि र युवा विभाग व्यवस्थित तथा परिचालन सम्बन्धमा सचिव पा. उद्धव चिमोरियाज्यूलाई यूवा विभागलाई सक्रिय बनाउने बारे पहल गर्नको लागि जिम्मेवारी दिएको छ भने उहाँलाई सघाउन महासचिव पा. पदमनाथ पराजुलीज्यू र सचिव पा. हेम बहादुर थापाज्यूको संयुक्त टोलीले सो बारे आउँदो बैठकमा प्रतिवेदन प्रस्तुत गर्ने निर्णय हुनुका साथै पुस ९ गते आइतवार विहान ख्रीष्टमस महोत्सवको अवसरमा शुभकामना मोटर साइकल -याली तथा आवश्यक अन्य व्यवस्थापन गर्न पनि बैठकले उहाँलाई नै जिम्मेवारी दिएको छ । बैठकमा आर्थिक विभाग प्रमुख सचिव पा. हेम बहादुर थापाज्यूले आर्थिक छलफल तथा संकलन सम्बन्धमा आर्थिक विभागले गरेको निर्णय बमोजिम आर्थिकलाई चुस्त र दुरुस्त बनाउन आर्थिक कार्यपत्र प्रस्तुत गर्नुभएकको थियो भने प्रचारप्रसार विभाग प्रमुख श्री. प्रकाश विशुन्केज्यूलाई ख्रीष्टमस महोत्सव–२०७४ को प्रचार प्रसार सम्बन्धि आवश्यक व्यवस्थापन गर्ने जिम्मेवारी दिएको छ । साथै आजको बैठकले संयुक्त राज्य अमेरिकाको लागि पा. कुङगा शेर्पाज्यूलाई पुर्ण सहमतिका साथ अन्र्तराष्ट्रिय सल्लाहकारमा अनुमोदन गर्दै बैठकको अन्तिम समापन प्रार्थना सह–अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीज्यूले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd