धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

केन्द्रिय विशेष कार्यकारी समितिको बैठक सम्पन्न ख्रीष्टमस महोत्सव–२०७४ मुल समारोह समिति गठन

राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको केन्द्रिय विशेष कार्यकारी समितिको बैठक अध्यक्ष सी.वी. गहतराजज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । सह–अध्यक्ष रेभ. डा. फिलेमोन क्षेत्रीज्यूले शुरुले प्रार्थना गर्नुभई बैठक प्रारम्भ भएको थियो । सो बैठक महत्वपुर्ण विषयहरुमा छलफल एवं आवश्यक निर्णयहरु गर्नको लागि बोलाईएको हो । बैठकले केन्द्रिय सदस्यमा आवश्यक मनोनयन तथा पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । जसमा महासंघको विधान अनुसार उपाध्यक्ष रेभ. काजीरत्न मर्हजनज्यूलाई सह–अध्यक्षमा पदोन्नती गरिएको छ भने उपाध्यक्षको रिक्त स्थानमा रेभ. रेन्जी लामालाई मनोनित गरिएको छ । साथै पा. हेम बहादुर थापाज्यूलाई केन्द्रिय सचिवमा मनोनित गरिएको छ भने पा. प्रेम सुब्बाज्युलाई केन्द्रिय सदस्य र योजना तर्जुमा तथा स्रोत साधन पहल विभाग प्रमुखमा मनोनित गरिएको छ । सोही बैठकले संयुक्त नेपाली मण्डली तेलअविव इस्राएलकाे पाष्टर माया सुनुवारज्यूलाई इस्राएल देशको सद्भावदूतमा सर्वसम्मतले मनोनित गरिएको छ भने संयुक्त राज्य बेलायतको लागि पा. मिङ्मार जंग गूरुङज्यूलाई अन्र्तराष्ट्रिय सल्लाहकारमा मनोनित गरिएको छ । महान पर्व ख्रीष्टमस–२०७४ भव्य रुपमा सफल बनाउनको लागि सचिव पा. तेज बहादुर रोक्काज्यूको संयोजकत्वमा २१ सदस्यीय ख्रीष्टमस महोत्सव–२०७४ मुल समारोह समिति गठन गरिएको छ । साथै महिला विभागद्धारा पुष ५ गते ख्रीष्टमस शुभकामना कार्यक्रम गर्ने र अन्र्तधार्मिक विभागद्धारा आयोजना गरिने कार्यक्रमको जिम्मेवारी विभाग प्रमुख पा. जोना योञ्जनलाई दिने र ख्रीष्टमस शुभकामनामा मोटर साइकल -याली तथा अरु कार्यक्रमहरु मुल समारोह समितिको मातहतमा रहि कार्य गरिने बैठकले निर्णय गरेको थियो । राष्ट्रिय भेलाको लागि सह–अध्यक्ष रेभ. डा. फिलेमोन क्षत्रीज्यूको संयोजकत्वमा चाँडै बैठक बोलाई मिति तय गरिने बैठकले जनाएको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd