धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

केन्द्रिय विशेष कार्यकारी समितिको बैठक सम्पन्न

१९ असोज, २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको अध्यक्ष सी.वी.गहतराजज्यूको अध्यक्षतामा केन्द्रिय विशेष कार्यकारी समितिको बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न महत्वपुर्ण विषयहरुमा छलफल र निर्णयहरु समेत गरेको छ जसमा महान पर्व ख्रीष्टमस र इष्टरको विदा कायम गर्न र उच्च स्तरिय कार्यदल गठन गर्न नेपाल सरकार र महासंघ वीच भएको ३ बुँदे र ६ बुँदे सहमति कार्यान्वयन गराउन राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा प्रार्थना अभियान कार्यक्रम संचालन गर्ने सर्वसम्मतले पारित गरेको छ । साथै वर्तमान परिस्थीतको मध्यनजर गर्दै समुदायमा समन्वयकारी भुमिका निर्वाह गर्नको लागि सहअध्यक्ष रेभ. शामुएल सोदेम्बाको संयोजकत्वमा सहअध्यक्ष रेभ. डा. फिलेमोन क्षत्री, सहअध्यक्ष रीता काबो, उपाध्यक्ष रेभ. काजीरत्न मर्हजन, रेभ. बाबुराम हिङमाङ समेत रहेकोे ५ सदस्यीय समिति गठन गरेको छ । सल्यानबाट थुनामुक्त पीडितहरुको लागि आवश्यक व्यवस्थापनको लागि महासंघकै नेतृत्वमा गरिने र सहयोग गर्न इच्छक मण्डली तथा ख्रीष्टियन संघसंस्थालाई अनुरोध गर्ने समेत सर्वसम्मतले निर्णय गरेको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd