धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

केन्द्रिय विशेष कार्यकारी समितिको बैठक सम्पन्न, आउँदो सोमवार धन्यवाद तथा प्रार्थना सभा गर्ने

६ असोज २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालका सह–अध्यक्ष डा. सरिता गिरी थापाकोज्यूको अध्यक्षतामा केन्द्रिय विशेष कार्यकारी समितिको बैठक सम्पन्न भएको छ । महासंघका उपमहासचिव पा चन्द्रमान नेपालीले कुशल सञ्चालन गर्नुभएको बैठकमा उपाध्यक्ष रेभ. त्रिरत्न आदम तुलाधरले सुरुको प्रार्थना गर्नुभएको थियो भने विषयवस्तुमाथि प्रवेश प्रवक्ता तथा उपमहासचिव पा. सागर बैँजुले गर्नुभएको थियो । महासंघका अध्यक्ष सि.बि. गहतराज, महासचिव पदमनाथ पराजुली, केन्द्रिय सदस्य बल बहादुर ताम्राकार र फ्रिडम फर अल नेपालका सचिव मानवअधिकारकर्मी खगेन्द्र ओलीको रोहवरमा सल्यान जिल्ला कारागारबाट लाली पुन एवं दाङ्ग जिल्ला कारागारबाट रुपलाल परियार, गंगा परियार र बिमकली बुढालाई थुनामुक्त गरिएको प्रति सबैलाई धन्यवाद साथै बैठकमा प्रार्थना समेत गरिएको थियो । त्यसैगरी सल्यान मुद्धासँग सम्बन्धित कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने वकिल, मानव अधिकारकर्मी, पत्रकार लगायत त्यस मुद्धा विषयमा निरन्तर प्रार्थना गर्नुहुने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मण्डली (चर्च) तथा ख्रीष्टियन संघसंस्थाहरुलाई महासंघको तर्फबाट धन्यवाद व्यक्त गरेको छ । साथै आउँदो सोमवार ९ गते विहान ११ बजे बेथशालोम पुतलीसडक चर्चमा एक धन्यवाद तथा प्रार्थना सभा आयोजना गर्ने बैठकले सर्वसम्मतले पारित गर्दै बैठकको अन्तिम प्रार्थना महासंघका बरिष्ठ सल्लाहकार रेभ. डा. सुन्दर थापाले गर्नुभएको हो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd