धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

केन्द्रिय यूवा विभागको बैठक भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न

भाद्र ७, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, केन्द्रिय यूवा विभागको बैठक (आईतबार) भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न भएको छ ।

बैठकमा यूवा विभागको मासिक प्रार्थना र कोरोना भाइरस (COVID-19) विपद्को सामना गर्न विभागको भूमिकाको विषयमा सदस्यहरुसँग छलफल भएको हो । केन्द्रिय सदस्य तथा केन्द्रिय यूवा विभाग उप–प्रमूख दिनेश कन्दङवाले सुरुको प्रार्थना गर्नुभएको थियो ।

प्रस्तावित छलफलमाथि सदस्यहरुले आ–आफ्नो धारणा राख्नु भएपछि चेतना अभिबृद्घि कार्यक्रम संचालन र मास्क तथा सेनिटाईजर वितरण गर्ने निर्णय गरियो ।

केन्द्रिय सदस्य तथा केन्द्रिय यूवा विभाग प्रमूख मुकेश मोक्तानले बैठकमा सहभागिहरुलाई धन्यवाद दिएर प्रार्थनाद्वारा बैठकको समापन गर्नुभएको थियो । केन्द्रिय यूवा विभाग सचिव सन्जीप खत्रीले कार्यक्रम कुशलताका साथ सञ्चालन गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd