धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

केन्द्रिय महिला विभागको बैठक सम्पन्न

२६ असोज २०७४, काठमाण्डौँ । राष्ट्रिय ख्रीष्टयन महासंघ, नेपालको केन्द्रिय महिला विभागको अध्यक्ष डोमा राईज्यूको अध्यक्षतामा वानेश्वरस्थित शालेम चर्च बुद्धनगरमा बैठक सम्पन्न भएको छ । बैठकले १ वर्ष भित्रमा योजना बनाई बाहिर जिल्ला र प्रदेशको दिदीबहिनीहरुलाई केन्द्रमा बोलाउने र वक्ता तयार गर्ने साथै ७ वटा प्रदेशमा कमिटि गठन गर्ने निर्णय गरको छ । उक्त विभागले आफनो वार्षिक उत्सव र आउँदो ख्रीष्टमसको कार्यक्रम कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत वृहत छलफल गरेको थियो । सो बैठकमा सचिव ज्ञानी थापाज्यूको भनाई अनुसार कार्य व्यस्तताका कारण सचिव थापाज्यूलाई सदस्यमा नियुक्त गर्दै कोषाध्यक्ष पुजा पराजुलीज्यूलाई केन्द्रिय महिला विभागको सचिवमा नियुक्त गरेको छ भने कोषाध्यक्ष समेत रहनुभएका पुजा पराजुलीबाट नवनियुक्त कोषाध्यक्ष तारा के.सी.ज्यूलाई महिला विभागको आर्थिक जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो । साथै आशा श्रेष्ठको सदस्यता रिक्त स्थानमा तारा बोगटीज्यूलाई सदस्यमा नियुक्त समेत गरेको छ ।  

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd