धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

केन्द्रिय महिला विभागको बैठक सम्पन्न

१३ असार २०७९ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको, केन्द्रिय महिला विभागको बैठक सोमबार केन्द्रिय कार्यलयमा सम्पन्न भएको छ । उक्त बैठकमा केन्द्रिय महिला विभागका पदअधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

बैठकले केन्द्रिय महिला विभागको समितिलाई पूणर्ता दिन रिक्त रहेको सहकोषाध्यक्ष पदमा श्रीमती शान्ती खड्कालाई सर्वसम्मतिले मनोनयन पारित गरिएको छ भने महिला दिदीबहिनीहरुलाई सक्षम बनाउन ६ महिना भित्र तालिम आयोजना गर्ने निणर्य पारित गरिएको छ । जेठ २२–२३, २०७९ मा भएको रुपान्तरिक विकास तथा आत्मा निर्भर क्षमता बृद्धि तालिमको समिक्षा गर्दा सफलताका साथ सम्पन्न भएको जानकारी गरियो । सहअध्यक्ष तथा केन्द्रिय महिला विभाग प्रमूख डोमा राईले सञ्चालन गर्नु भएको थियो भने अनु खड्काले अन्तिम प्रार्थना गरेपछि समापन भएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd