धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

केन्द्रिय महिला विभागको मासिक बैठक सम्पन्न

मिति २०७६ असोज १२ गतेका दिन केन्द्रिय महिला प्रमुख डोमा राईज्यूको अध्यक्षतामा महासंघको कार्यालय सातदोबाटोमा बैठक बस्यो । महिला विभागको मासिक बैठकले ललितपुर महिला विभागमा नयाँ अध्यक्ष सानुमाया अधिकारीज्यूलाइ सर्वसम्मतीको साथ नियुक्ति गरिएको छ । आगामी दिनमा महिला विभागमा रहेका सम्पुर्ण महिलालाई तालिम दिएर आत्मनिर्भर बनाउदै लैजाने र प्रदेश प्रदेशमा पनि महिला विभागको कार्यलाई अगाडि बढाउदै लैजाने योजनाको बारेमा डोमा राईज्यूले जानकारी गराउनु भयो । बैठकको समापन पा. शालु मोक्तानज्यूले गर्नूभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd