धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

केन्द्रिय महिला बिभागको बैठक सम्पन्न

१८, साउन, ०७४ । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको केन्द्रिय महिला बिभागको अध्यक्ष डोमा राईको अध्यक्षतामा बुधवार बैठक सम्पन्न भएको छ । बैठकले महिला बिभागबाट आगामी दिनमा दिदिबहिनीहरुलाई सक्षम र सबल बनाउन यहि आउँदो साउन २३ गते काठमाण्डौँ जिल्ला महाराजगञ्ज स्थित अनुग्रह प्रतापी मण्डली चप्पल कारखानामा “यौन र गर्भपतन” सम्बन्धी एक दिने सचेतना कार्यक्रम गर्ने भएको छ । त्यसै गरी यहि २७ गते वुद्धनगर स्थित सालेम चर्चमा महिलाहरुको आर्थिक स्तरलाई कसरी वृद्धि विकास गर्ने भन्ने विषयमा छलफल गरेर ३ दिनको तालिम सञ्चालन गर्ने भएको छ भने ३० गते केन्द्रिय महिला विभागले वार्षिक कार्य प्रगती विवरण प्रस्तुत गर्ने सर्वसम्मतले पारित गरेको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd