धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

केन्द्रिय प्रार्थना विभागको बैठक सम्पन्न

राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको केन्द्रिय प्रार्थना विभागले आयोजना विशेष बैठक २ जेठ २०७८ (आइतबार) केन्द्रिय प्रार्थना विभाग प्रमुख देउमाया तामाङ्गको अध्यक्षता र अध्यक्ष सी.बी. गहतराजको प्रमुख आतित्थ्यमा भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न भएको थियो । बैठकमा महासंघका अध्यक्ष, सह-अध्यक्षहरु, प्रदेश प्रमुखहरू र केन्द्रिय सदस्यहरुको उपस्थिती रहेको थियो ।

 

नेपाल लगाएत विश्वमा रहेका नेपाली भाषी मण्डली, पाष्टर, अगुवा तथा विश्वासीहरुलाई (COVID-19) कोरोना भाइरसको महामारीले प्रभाव पारिरहेकोे र इजरायल देशमा भएको द्वन्दका विषयलाई लिएर विशेष प्रार्थना अभियान संचालन गर्ने सम्बन्धमा छलफल गर्न अध्यक्ष गहतराजले बैठकमा प्रस्तुत गर्नुभएको थियो । प्रस्तावित छलफल माथि सह-अध्यक्ष, प्रदेश प्रमुखहरु र केन्द्रिय सदस्यहरुले आ-आफ्नो धारणा राख्नुभएको थियो ।

प्रस्तावित विषय माथि छलफल गर्दा विषम् परिस्थितिको लागि नेपाल लगाएत विश्वमा रहेका नेपाली भाषी मण्डली, पाष्टर, अगुवा तथा विश्वासीहरुलाई (COVID-19) कोरोना भाइरसको महामारीले प्रभाव पारिरहेकोे र इजरायल देशमा भएको द्वन्दका विषयलाई लिएर विशेष प्रार्थना अभियान हरेक सोमबार र शुक्रबार बेलुका ५ः३० बजे संचालन गर्ने र उक्त कार्यको समन्वयको लागि मण्डली समन्वय विभाग प्रमुख रेभ. पा. सोनाम काबो, केन्द्रिय प्रार्थना विभाग प्रमुख देउमाया तामाङ्ग, सहअध्यक्ष तथा संघठन विभाग प्रमुख पा. टेक विक्रम हिताङ्ग, सहअध्यक्ष तथा अन्तराष्ट्रिय विभाग प्रमुख रीता थापा मगर काबो, केन्द्रिय महिला विभाग प्रमुख डोमा राई, सचिव ए. विष्णु परियार, केन्द्रिय प्रार्थना विभाग संयोजक मोनिका राई र स्वयम् सेवकको समन्वयको लागि उपमहासचिव तथा प्रवक्ता रेभ. पा. उद्धव चिमोरिया, नेपाली ख्रीष्टियन समुदायको स्थिति, २०२१ परियोजना संयोजक पा. धनराज घिमिरे र कानूनि सल्लाहाकार अधिवक्ता पा. बुद्ध घिसिङ्गको समिति बनाइएको छ । कोरोना भाइरसको महामारीबाट प्रभावितहरुको लागि आवश्यक सहयोग गर्ने निणर्य पारित गरिएको छ ।

बैठकको संचालन उपमहासचिव तथा प्रवक्ता रेभ. पा. उद्धव चिमोरियाले गर्नुभएको थियो भने सुरुको प्रार्थना केन्द्रिय सदस्य पा. श्याम नेपालीले गर्नुभएको थियो । आराधनाको अगुवाई मण्डली समन्वय विभाग प्रमुख रेभ. पा. सोनाम काबोले गर्नु भएको थियो भने सहअध्यक्ष तथा लुम्बिनी प्रदेश प्रमुख पा. टेक विक्रम हिताङ्गले सबैलाई स्वागत गर्नु भएको थियो । कोरोना भाइरसको महामारीले प्रभावित पाष्टर, अगुवा तथा विश्वासीहरु र उहाँहरुका परिवारको निम्ति विशेष प्रार्थना भएको थियो ।

बैठकका अध्यक्ष देउमाया तामाङ्गले सहभागिहरुलाई धन्यवाद दिएर बैठक समापन गर्नुभएको थियो भने बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीलेे अन्तिम प्रार्थना गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd