धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

वचन राष्ट्रिय मासिक पत्रिकालाई हार्दिक बघाई तथा शुभकामना

२३, असार, ०७४ । विगत ८ वर्ष देखि निरन्तर रुपमा वचन मिडिया ग्रुपद्वारा प्रकाशित वचन राष्ट्रिय मासिक पत्रिका आज आएर ५० औं अंककोे रुपमा स्व. पादरी गंगाप्रसाद प्रधानको  १६६ अाैँ जन्मजयन्तीको अवसर पारेर प्रकाशन गरेकोमा हामी ज्यादै हर्षित छौ ।
तपाईहरुले विगतका दिनहरुमा यस वचन राष्ट्रिय मासिक पत्रिका मार्फत् नेपाली ख्रीष्टियन समुदायमा भएका विभिन्न घटना तथा समसामयिक लेख, जानकारी तथा ह्दयस्पर्शी परमेश्वरको वचन लगाएत विभिन्न सामाग्रीहरु पस्कदै सुसमाचार तथा मिसनको सेवामा पु¥याउनु भएको योगदानका लागि वचन पत्रिका यूनिट धन्यवादको पात्र हुनुहुन्छ । यस सुखद् आशिषमय अवसरमा यस राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपाल हार्दिक बघाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनहरुमा अझ सशक्त रुपमा सिंगो नेपाली ख्रीष्टियन समुदायलाई मात्र होइन ।
नेपाल र समस्त नेपाली भाषीहरुलाई नै आशिषित तुल्याउने कार्यमा पत्रपत्रिका र मिडियाको क्षेत्रबाट आफनो स्वर्णाङ्कसँगै स्वर्णीम यात्रा यस वचन मिडिया गु्रपले निरन्तर कदम चालिरहोस भन्दै उत्तरोत्तर प्रगतिको कामना लागि प्रार्थना गर्दछौ ।
 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd