धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

केन्द्रिय कमिटीको बैठक सम्पन्न

६ जेठ २०७८ (बिहिबार) । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको केन्द्रिय कमिटीको बैठक महासंघका अध्यक्ष सी.बी. गहतराजको अध्यक्षतामा भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न भएको थियो । बैठकमा महासंघका अध्यक्ष, सह-अध्यक्षहरु, प्रदेश प्रमुखहरू र केन्द्रिय सदस्यहरुको उपस्थिती रहेको थियो ।

(COVID-19) कोरोना भाइरस महाहारीको अवस्था सम्बन्धमा परियोजना संयोजक पा. धनराज घिमिरे जानकारी गराउनु भएको थियो भने प्रार्थना अभियान सम्बन्धमा मण्डली समन्वय विभाग प्रमुख रेभ. पा. सोनाम काबोले प्रस्ट्याउनु भएको थियो । सहअध्यक्ष तथा संगठन विभाग प्रमुख पा. टेक विक्रम हिताङ्गले सातै प्रदेशमा प्रार्थना तथा साङ्गठानीक अवस्था बारे जानकारी गराउनु भएको थियो भने सहअध्यक्ष रिता थापा मगर काबोको अन्तराष्ट्रिय सम्बन्धको विषय जानकारी बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तावित छलफल माथि सह-अध्यक्ष, प्रदेश प्रमुखहरु र केन्द्रिय सदस्यहरुले आ-आफ्नो धारणा साथै नेपाली ख्रीष्टियन समुदायमा घटेको समसमायिक विषयहरुमा पनि विचारहरु व्यक्त गर्नुुभएको थियो । बैठकको संचालन उपमहासचिव तथा प्रवक्ता रेभ.उद्धव चिमोरियाले गर्नुभएको थियो भने सुरुको प्रार्थना सह-अध्यक्ष पाष्टर तेजमान तामाङ्गले गर्नुभएको थियो । आराधनाको अगुवाई सहसचिव चित्ररेखा ओझाले गर्नु भएको थियो भने उपाध्यक्ष तथा बागमती प्रदेश संयोजक रेभ. पा. कृष्ण परियारले सबैलाई स्वागत गर्नु भएको थियो । बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीलेे बाइबलको विभिन्न खण्डबाट उत्साहपूर्ण वचन बाँड्नुको सथै चुनाउती पनि दिनुभयो । सचिवालय संयोजक रेभ. पा. प्रेम कार्कीले बैठकको विषय प्रस्तुत गर्नुभएको थियो भने केन्द्रिय सदस्य पा. करण सिलवालले छलफल गरिएको विषयहरुको निम्ति धन्यबादको प्रार्थना गर्नुभएको थियो ।

महासंघका अध्यक्ष सी.बी.गहतराजले बैठकमा सहभागिहरुको प्रश्नको जवाफ दिनुभई धन्यवाद दिएर बैठक समापन गर्नुभएको थियो भने बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीलेे अन्तिम प्रार्थना गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd