धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

काठमाण्डौ उपत्यका मासिक प्रार्थना सम्पन्न

२ माघ २०७९ काठमाण्डौ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको उपत्यका प्रार्थना विभागद्वारा आयोजित मासिक उपत्यका प्रार्थना अनुग्रह प्रतापी मण्डली चप्पलकारखाना काठमाण्डौमा सम्पन्न भएको छ । सुरुको प्रार्थना केन्र्दीय सदस्य पा. लालु थापा मगरले गर्नुभएको थियो भने वचन डि. हेम कुमार सुनुवारले बाइबलको विभिन्न खण्डबाट उत्साहपूर्ण वचन बाँड्नुभएको थियो । उपाध्यक्ष तथा प्रार्थना विभाग सह प्रमुख आशा राईले कुसलता साथ कार्यक्रम संचालन गर्नुभएको थियो । आराधनाको अगुवाइ महासंघको सचिव अनिल राईले गर्नुभएको थियो । विभिन्न विषयहरुमा उपस्थित पाष्टर, अगुवाहरुले प्रार्थना गर्नुभएको थियो भने सहअध्यक्ष तथा केन्द्रिय प्रार्थना विभाग प्रमुख देवमाया तामाङले सबैलाई धन्यवाद दिएर अन्तिम प्रार्थना गरि समापन गर्नु भएको थियो ।

 

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd