धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

काठमाण्डौ उपत्यका मासिक प्रार्थना सम्पन्न

७ कार्तिक २०७९ काठमाण्डौ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको उपत्यका प्रार्थना विभागद्वारा आयोजित मासिक उपत्यका प्रार्थना अनुग्रह प्रतापी मण्डली चप्पलकारखाना काठमाण्डौमा सम्पन्न भएको छ । केन्द्रिय सदस्य पा. जीवन बस्नेतले बाइबलको विभिन्न खण्डबाट उत्साहपूर्ण वचन बाँड्नुभएको थियो । भने आराधनाको अगुवाइ महासंघको सचिव अनिल राईले गर्नुभएको थियो । संचालन तथा प्रार्थनाको अगुवाई उपाध्यक्ष पा. आशा राईले गर्नुभएको थियो । विभिन्न विषयहरुमा उपस्थित पाष्टर, अगुवाहरुले प्रार्थना गर्नुभएको थियो । सहअध्यक्ष तथा केन्द्रिय प्रार्थना विभाग प्रमुख देवमाया तामाङले सबैलाई धन्यवाद दिएर अन्तिम प्रार्थना गरेर कार्यक्रम समापन गर्नु भएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd