धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

काठमाण्डौ उपत्यका मासिक प्रार्थना सम्पन्न

२ साउन २०७९ काठमाण्डौ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको उपत्यका प्रार्थना विभागद्वारा आयोजित मासिक उपत्यका प्रार्थना अनुग्रह प्रतापी मण्डली चप्पल कारखाना काठमाण्डौमा सम्पन्न भएको छ । सहकोषाध्यक्ष घनश्याम राजथलाले सुरुको प्रार्थना गरेर कार्यक्रम अगाडी बढाउनु भएको थियो भनेे उपाध्यक्ष डा. जितेन्द्र घिमिरेलेे बाइबलको विभिन्न खण्डबाट उत्साहपूर्ण वचन बाँड्नु भएको थियो । आराधनाको अगुवाइ अगुवा सुदिप चन्द ठकुरीले गर्नुभएको थियो । विभिन्न विषयहरुमा विभिन्न पदाधिकारीहरुले प्रार्थना गर्नु भएको थियो भने सहअध्यक्ष तथा केन्द्रिय प्रार्थना विभाग प्रमुख देवमाया तामाङले सबैलाई धन्यवाद दिएर अन्तिम प्रार्थना गरेर कार्यक्रम समापन गर्नु भएको थियो । केन्द्रिय सदस्य सानु मोक्तानले कुसलता साथ कार्यक्रम संचालन गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd