धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

विशेष केन्द्रिय समितिको बैठक सम्पन्न

१५ जेठ २०७९ (आइतबार) राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको विशेष केन्द्रिय समितिको बैठक महासंघका कार्य बहाक अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा महासंघका कार्य बहाक अध्यक्ष, संरक्षक, सह-अध्यक्षहरु लगाएत विशेष समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

 

महासचिव चित्ररेखा ओझाले महासंघको विधानको धारा ४६ को उपधारा ३ बमोजिम राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको उदेश्यलाई प्राप्त गर्न रिक्त पदमा पदपुर्ति र पदउन्नतिका लागि मनोनयन प्रस्ताब १. पा. अष्ट कुमारी लमिनी, २. बलराम विश्वकमा (शैलेस), ३. डिल्ली बहादुर तामाङ, ४. पा. साइमन तामाङ, ५. पा. रमिला आचार्य शर्मा, ६. रन्जिता विश्वकर्मा, ७. रिता बि.क. ८. अन्जली गुरुङ, ९. मिनावती श्रेष्ठ, १०. धनुषा घले, ११. केशव राई, १२. पा. देवीलाल प्रसाई, १३. कबिन्द्र श्रेष्ठ, १४. मारिया रिजाल, १५. शान्ती लामा, १६. सुजन गहतराज, १७. राहेल लेप्चा थापा, १८. पा. किशन गुरुङ, १९. माइला तामाङ, २०. मायावती के.सी., २१. अमर पहरी, २२. लिला माया पहरी, २३. बाबा खड्का, २४. सुक माया लामा, २५. डोल्मा तामाङ्नी, २६. लक्ष्मी प्रधान, २७. कालिराम पुर्जा (कमल), २८. नेत्र बहादुर सुनार, २९. राम बहादुर पाठक, ३०. उदय बहादुर शेरपुन्जा, ३१. यूहन्ना घले, ३२. निर्मला तामाङ, ३२. दल बहादुर गुरुङ, ३३ ज्ञानु थापाहरुलाई केन्द्रिय सदस्य पदमा सर्बसम्मतीले मनोनयन गरिएको छ भने १. उपाध्यक्ष रेभ. पा. सोनाम काबोलाई सहअध्यक्ष पदमा, २. उपमहासचिव ए. ज्ञानेन्द्र राज सापकोटालाई सहमहासचिव पदमा, ३. सचिव रेभ. पा. ख्रीष्टभक्त महर्जनलाई उपाध्यक्ष पदमा, ४. केन्द्रिय सचिव लैला कुमारी गहतराजलाई उपमहासचिव पदमा, ५. सहकोषाध्यक्ष निना तामाङलाई सचिव पदमा, ६. केन्द्रिय सदस्य डा. जितेन्द्र घिमीरेलाई उपाध्यक्ष पदमा, ७. केन्द्रिय सदस्य पा. कुमार गुरुङलाई सचिव पदमा पदउन्नती सर्बसम्मतीले पारित गरिएको छ । त्यसै गरि प्रस्तावित अगापे अपे्रशनसँग सहकार्य गर्ने निणर्य सर्वसम्मतिले पारित गरेको छ । उक्त संस्थासँग सहकार्य गर्न सहमहासचिव ज्ञानेन्द्र राज सापकोटा, सुदुरपश्चिम प्रदेश संयोजक डा. नरि राम लुहार र केन्द्रिय सदस्य बलराम विश्वकर्मा (शैलेस) सहित तीन सदस्य तोकेको छ ।

 

नव मनोनित तथा पदउन्नती भएका पदाधिकारीहरुलाई कार्य बहाक अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले खादा लगाएर स्वागत गर्दै उपस्थित सबै सहभागिहरुको सामु प्रतिज्ञा वाचन गराउदै वधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो भने उपाध्यक्ष पा. धन बहादुर थापा (आमेन)ले नव मनोनित तथा पदउन्नती भएका पदाधिकारीहरुको लागि आशिर्बादको प्रार्थना गर्नुभएको थियो भने सहअध्यक्ष तथा प्रार्थना विभाग प्रमुख देवमाया तामाङले भारत भ्रमणको सफल र लाभदाय भएको जानकारी गराउनु भयो भने सहअध्यक्ष तथा महिला विभाग प्रमुख डोमा राईले महिला विभागको प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । बैठकको संचालन उपमहासचिव तथा प्रवक्ता ए. ज्ञानेन्द्र राज सापकोटाले गर्नुभएको थियो भने सुरुको प्रार्थना उपाध्यक्ष रेभ. पा. सोनाम काबोले गर्नुभएको थियो । आराधनाको अगुवाई सचिव तथा आराधना विभाग प्रमुख अनिल राईले गर्नु भएको थियो भने कार्य बहाक अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले बाइबलको विभिन्न खण्डबाट उत्साहपूर्ण वचन बाँड्नु भएको थियो । उपमहासचिव सुजना बस्नेतले सबैलाई स्वागत गर्नु भएको थियो भने महासचिव चित्ररेखा ओझाले बैठकको विषय प्रस्तुत गर्नुभएको थियो । महासंघका कार्य बहाक अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले बैठकमा सहभागिहरुलाई धन्यवाद दिएर अन्तिम प्रार्थनाद्वारा बैठक समापन गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd