धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

काठमाण्डौँ महिला विभागको बैठक सम्पन्न

१४ माघ २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल काठमाण्डौँ महिला विभागका अध्यक्ष तारा बोगटीज्यूको अध्यक्षता र केन्द्रिय महिला विभागका अध्यक्ष डोमा राईज्यूको विशेष उपस्थितीमा काठमाण्डौँ बुद्धनगरस्थित शालेम मण्डलीमा बैठक सम्पन्न भएको छ । बैठकले आउँदो २०१८ मा काठमाण्डौँ महिला विभागले दिदीबहिनीहरुको आयस्तर र आर्थिक अभिवृद्धि कसरी गर्न भन्ने विषयमा केन्द्रिय महिला विभागसँग छलफल तथा समन्वय गरेर २ वटा सीपमुलक आर्यआर्जन सम्बन्धि तालिम दिने निर्णय गरको छ । साथै आउने दिनमा केन्द्रिय महिला विभागसँग सम्पर्क गरी मिलेर कसरी कार्यक्रम अगाडी बढाउने भन्ने विषयमा समेत छलफल गरिएको थियो । विभागले यी सीपमुलक कार्यक्रमहरुलाई केन्द्रिय महिला विभागसँग सम्पर्क र समन्वय गरी केन्द्रमा मात्र सिमित नगराई ७ वटै प्रदेश, जिल्ला र स्थानिय मण्डलीका दिदीबहिनीहरुलाई संगठित र सक्रिय बनाई उहाँहरुको जीवनस्तर उकास्न र आर्थिक अभिवृद्धि गर्न मद्धत पु-याउने निर्णय गरेको छ । काठमाण्डौँ महिला विभागको आगामी बैठक फागुन ६ गते आइतबार महासंघको कार्यालयमा हुने भएको छ ।  

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd