धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

काठमाण्डौँ जिल्ला युवा विभाग गठन

२७ माघ २०७४, काठमाण्डौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको युवा विभागका प्रमुख पा. देवीलाल श्रेष्ठ (देव) ज्यूको अध्यक्षता महाराजगञ्जस्थित सुन र विश्वास गर मण्डलीमा विभागको भेला सम्पन्न भएको छ । सचिव तथा व्यवस्थापन विभाग प्रमुख पा. उद्धव चिमोरियाज्यु र सचिव तथा आर्थिक विभाग प्रमुख पा. हेम बहादुर थापाज्यूको विशेष उपस्थिती रहेको सो भेलामा निकै उत्साहका साथ काठमाण्डौँका विभिन्न मण्डलीबाट युवाहरुको सहभागिता रहको हो । भेलाले पा. एरोन तामाङज्यूको अध्यक्षतामा १५ सदस्यीय काठमाण्डौँ युवा विभागको गठन गरको छ । साथै भक्तपुर जिल्लामा चाँडै समिति गठन गर्ने समेत बताइएको छ । विभागले काठमाण्डौँ, भक्तपुर र ललितपुर जिल्लाको समिति गठन पश्चात काठमाण्डौँ उपत्यकालाई लक्षित गरी युवाहरुको एक वृहत भेलाको आयोजना गर्ने र ७ प्रदेशमा प्रादेशिक युवा समिति र ७७ वटा जिल्लामा जिल्ला समितिको गठन र विस्तारलाई तीब्रता दिई युवाहरुलाई प्रशिक्षित गराई सशक्त रुपमा परिचालन गर्ने विभागले जनाएको छ । उक्त भेलामा महासंघका सचिव पा. उद्धव चिमोरियाज्यू र पा. हेम बहादुर थापाज्यूले वाइबलबाट उत्साहका शब्दहरु दिनुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd