धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

काठमाडौं जिल्ला भेला सम्पन्न

 काठमाडौं १३ मंसिर २०७५ ! राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.बि.गहतराजज्यू लगायत केही केन्द्रिय पदाधिकारीहरुको उपस्थितिमा महासंघको काठमाडौं जिल्ला भेला आज तर्दथ समितिका अध्यक्ष पा. कुमार गुरुङ्गज्यूको अध्यक्षता बस्यो । अनुग्रह प्रतापी मण्डली चप्पल कारखाना, काठमाडौंमा आयोजना गरिएको उक्त भेलामा काठमाडौं जिल्लाका पाष्टर तथा अगुवाज्यूहरुको उपस्थिति रहेको थियो भने काठमाडौं जिल्ला तर्दथ समितिका सचिव पा.तथा अधिवक्ता सञ्जिव सुनुवारज्यूले कार्यक्रमलाई संचालन गर्नु भएको थियो । । महासंघको विधान २०६८ को धारा २८ को (क) २ अनुसार पा. कुमार गुरुङ्गज्यूको अध्यक्षतामा ९ सदस्य जिल्ला समिति सर्वसम्मतिका साथ गठन गरिएको छ । उपाध्यक्षमा पा. देवेन्द्र कुमार लिम्बु, सचिवमा पा. तथा अधिवक्ता सञ्जिव सुनुवार, सहसचिवमा पा. सन्त बहादुर तामाङ, कोषाध्यक्षमा पा. मन्दिर कुमार श्रेष्ठ तथा सदस्यहरुमा पा. सिलास सुन्दास, पा. आत्माराम रम्तेल, इन्द्र शोभा श्रेष्ठ र पा. बुद्धिमान श्रेष्ठ रहनुभएको छ । त्यसै गरी काठमाडौं जिल्ला समितिको सल्लाकारमा पा. पासाङ लामा र पा. श्याम सुनुवारज्यूलाई चयन गरिएको छ । भेलामा उपस्थित अधिकांश पाष्टरज्यूहरुले महासंघलाई निरन्तर प्रार्थना गरिरहेको र कति पनि विचलित नभई आफ्नो लक्ष्य तथा उद्देश्यमा अघि बढ्दै जान उत्साह दिनुभएको थियो । नेपाली मण्डलीको पक्षमा सधै लागि रहन र परमेश्वरको साथ र अनुग्रह महासंघमा रहेको बताउनु भएको थियो । महासंघका कार्यहरुलाई अझ प्रभावकारी बनाउनका लागि उपस्थित सबैले सल्लाह तथा सुझावहरु दिनुभएको थियो । महासंघका केन्द्रिय अध्यक्ष सि.बि.गहतराजज्यूले महासंघको वर्तामान स्थितिका साथै महासंघको दर्शन “स्वभिमान र अधिकार सम्पन्न नेपाली ख्रीष्टियन समुदायको सुनिश्चतता । धार्मिक, सामाजिक, आर्थिक, समावेशी र समवृद्ध नेपालको परिकल्पना तथा विश्वभरी रहेका नेपाली भाषी मण्डलीहरुसँग सहकार्य गर्दै परमेश्वरको महिमा” भन्ने बारेमा सबैलाई स्पष्ट पार्नु भएको थियो । नवगठित काठमाडौं जिल्ला समितिका सदस्यहरुलाई सबैले शुभकामना व्यक्त गर्र्दै प्रार्थनाका साथ भेला समापन गरिएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd