धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

कर्नाली प्रदेशको प्रथम अधिवेशन सम्पन्न

कर्नाली प्रदेशको प्रथम अधिवेशन महासंघका उपाध्यक्ष रेभ. पा. पदम गैरेको अध्यक्षता र केन्द्रिय अध्यक्ष सी.बी. गहतराजको प्रमुख आथित्यमा २७ श्रावण २०७८ (बुधबार) भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न भएको छ । सुरुको प्रार्थना रेभ. पा. सलोमन गुरुङ्गले गर्नु भएको थियो भने आराधनाको अगुवाई बेथेल चर्च कोयर झुण्डले गरेका थिए । बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले बाइबलको विभिन्न खण्डबाट उत्साहपूर्ण वचन बाँड्नु भएको थियो । अधिवेशनमा केन्द्रिय पदाधिकारीहरु, कर्नाली प्रदेशका पदाधिकारीहरु तथा विभिन्न ख्रीष्टियन संघसंस्थाहरुका पदाधिकारीहरु, प्रदेश प्रमुखहरु, पाष्टर, अगुवा तथा विश्वासीहरुको बृहत सहभागिता रहेको थियो ।

अध्यक्ष सी.बी. गहतराजले ब्यानर वाचन गरेर भेलाको उद्घाटन गर्नु भएको थियो भने सहअध्यक्ष तथा संघठन विभाग प्रमुख पा. टेक विक्रम हिताङ्गले महासंघको दर्शन, मिशन र महासंघको भावि योजनाको विषयमा प्रस्ट्याउनु भएको थियो । उपाध्यक्ष तथा कर्नाली प्रदेश प्रमुख रेभ. पा. पदम गैरले सांघठनिक प्रतिबेदन पेश गरेपछि सबैलाई धन्यवाद दिँदै कर्नाली प्रदेशको समिति विघठन भएको घोषणा गर्नु भएको थियो ।

भेलाका अध्यक्ष मण्डलको अध्यक्षता सहअध्यक्ष तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख रिता थापा मगर काबो र सदस्यहरु उपाध्यक्ष तथा मण्डली समन्वय विभाग प्रमुख रेभ. सोनाम काबो, केन्द्रिय प्रार्थना विभाग संयोजक मोनिका राई रहनु भएको थियो भने निर्वाचन मण्डलको अध्यक्षता उपाध्यक्ष अधिवक्ता भबिन्द्र राईले गर्नुभएको थियो । निर्वाचन मण्डलमा उपमहासचिव तथा प्रवक्ता रेभ. उद्धव चिमोरिया र सचिव चित्ररेखा ओझा रहने गरि गठन भएको थियो । सो निर्वाचन मण्डलले रेभ. पा. पदम गैरे प्रदेश प्रमुख सहितको ४८ सदस्सीय पदाधिकारीहरु सर्बसम्मतीले चयन भएको निर्वाचन मण्डलको अध्यक्ष अधिवक्ता भबिन्द्र राईले घोषणा गर्नु भएको छ । नव निर्वाचित पदाधिकारीहरुलाई अध्यक्ष सी.बी. गहतराजले उपस्थित सबै सहभागिहरुको सामु प्रतिज्ञा वाचन गराउदै वधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो भने उपाध्यक्ष तथा मण्डली समन्वय विभाग प्रमुख रेभ. सोनाम काबोले नव निर्वाचित पदाधिकारीहरुको लागि आशिर्बादको प्रार्थना गर्नुभएको थियो ।

संचालन पा. प्रेम बयलकोटीले गर्नुभएको थियो भने पा. लिल सुनारले स्वागत गर्नुभएको थियो । नव नियुक्त पदाधिकारीहरुलाई उपमहासचिव तथा प्रवक्ता रेभ. उद्धव चिमोरिया लगाएतको प्रदेश प्रमुखहरु तथा विभिन्न वक्ताहरुले शुभकामना तथा बधाई ज्ञापन गर्नु भएको थियो भने नव निर्वाचित प्रदेश प्रमूख रेभ. पा. पदम गैरेले महासंघको उद्धेश्य र विधान बमोजिम आफूले पाएको जिम्मेवारीको उच्च सम्मान गर्दै प्रतिज्ञा गरे बमोजिम तन, मन, धन र वचनले लागी पर्ने घोषणा गर्दै महासंघको ११ बुदें घोषणा पत्रलाई आगामि कार्ययोजना बनाई यथासिघ्र अघि बढ्ने घोषणा गर्नुभएको छ ।

बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले नव निर्वाचित पदाधकारीहरुलाई बधाई दिएर सफल कार्यकालको लागि अग्रिम शुभकामनाको साथ अन्तिम प्रार्थना गर्नुभएको थियो ।

प्रदेश नं ६ को नव निर्वाचित पदाधिकारीहरुका नामावलीहरुः १) प्रदेश प्रमुखः रेभ. पा. पदम गैरे (सुर्खेत), २) उप– प्रमुखः पा. गोमान सिंह बस्याल (सुर्खेत), ३) उप– प्रमुखः पा. पवित्रा गूरुङ्ग (दैलेख), ४) सचिवः पा. प्रेम बयलकोटी (सुर्खेत), ५) उपसचिवः ए. भक्त मंर्साङ्गी (सुर्खेत), ६) कोषाध्यक्षः पा. मनोज पुलामी (सुर्खेत), ७) सह कोषाध्यक्षः पा. सिलास ताम्राकार (सल्यान), ८) प्रचार प्रसार विभाग प्रमुखः कर्ण भण्डारी (जुम्ला), ९) प्रचार प्रसार विभाग उपप्रमुखः पा. निशान घति (सुर्खेत), १०) प्रचार प्रसार विभाग सदस्यः सागर विश्वकर्मा (कालीकोट), ११) मण्डली समन्वय विभाग प्रमुखः पा. लीलबहादूर सुनार (पूर्वी सुर्खेत), १२) मण्डली समन्वय विभाग उपप्रमुखः पा. राजु मल्ल (मुगु), १३) मण्डली समन्वय विभाग सचिवः रेभ.फादर अमर थापा (पश्चिम सुर्खेत), १४) मण्डली समन्वय विभाग सदस्यः पा. शेर बहादुर गिरी (जाजरकोट), १५) सामाजिक समन्वय विभाग प्रमुखः ए. रामजी प्रसाद कोइराला (सुर्खेत), १६) सामाजिक समन्वय विभाग उपप्रमुखः रेभ.फादर धनवीर नेपाली (जुम्ला), १७) सामाजिक समन्वय विभाग सचिवः खडक बहादूर बयलकोटी (सुर्खेत), १८) सामाजिक समन्वय विभाग सदस्यः पा. बिरे महर (जाजरकोट), १९) अन्तर धार्मिक समन्वय विभाग प्रमुखः रेभ.पा. विर्ख बयलकोटी (दैलेख), २०) अन्तर धार्मिक समन्वय विभाग उपप्रमुखः रेभ. पा. फादर पूर्ण बर्देवा (सुर्खेत), २१) अन्तर धार्मिक समन्वय विभाग सचिवः पा. चन्द्र रोका क्षेत्री (सुर्खेत), २२) अन्तर धार्मिक समन्वय विभाग सदस्यः पा. शिव परियार (सुर्खेत), २३) हिमाली भेग मण्डली समन्वय विभाग प्रमुखः पा. हर्कबहादूर तामाङ्ग (हुम्ला), २४) हिमाली भेग चर्च समन्वय विभाग उपप्रमुखः पा. गोरख बम (मुगु), २५) हिमाली भेग चर्च समन्वय विभाग सचिवः पा. पूर्ण सेजुवाल (कालीकोट), २६) हिमाली भेग चर्च समन्वय विभाग सदस्यः पा. धनराज रावल (मुगु), २७) हिमाली भेग चर्च समन्वय विभाग सदस्यः पा. राजेन्द्र झांक्री मगर (डोल्पा), २८) राजनैतिक समन्वय विभाग प्रमुखः अगूवा धर्मजंग थापा (सुर्खेत), २९) राजनैतिक समन्वय विभाग उपप्रमुखः अगूवा अमर बि.क (सुर्खेत), ३०) राजनैतिक समन्वय विभाग उपप्रमुखः पा. प्रेम नेपाली (सुर्खेत), ३१) राजनैतिक समन्वय विभाग सचिवः ए. मिलन विसी (सुर्खेत), ३२) राजनैतिक समन्वय विभाग सदस्यः अगूवा चन्द्रबहादूर नेपाली (सुर्खेत), ३३) संगठन विभाग प्रमुखः पा. लिलबहादुर श्रीस (सुर्खेत), ३४) संगठन विभाग सचिवः हिक्मत गिरि (सुर्खेत), ३५) संगठन विभाग सदस्यः ए. जगदिश नेपाली (जुम्ला), ३६) शिक्षा विभाग प्रमुखः पा. बलबहादूर ताम्राकार (सल्यान), ३७) शिक्षा विभाग उपप्रमुखः रेभ फादर सुर्य प्रकाश जिएम (पश्चिम रुकुम), ३८) शिक्षा विभाग सदस्यः ए. ललीता आउजी (सुर्खेत), ३९) महिला विभाग प्रमुखः पा. रजनी भाम (मुग), ४०) महिला विभाग सचिवः कृष्णा गैेर ( सुर्र्खेत), ४१) महिला विभाग सदस्यः पा. एल्जीना मगर (सुर्खेत), ४२) प्रार्थना विभाग प्रमुखः अगूवा दिलमाया बूढा (सुर्खेत), ४३) प्रार्थना विभाग सचिवः प्रकास बराइली (सुर्खेत), ४४) प्रार्थना विभाग सदस्यः सतल सार्की (जुम्ला), ४५) प्रार्थना विभाग सदस्यः जिर सेजुवाल (कालीकोट), ४६) यूवा विभाग प्रमुखः पा. चिरन्जिबी गैरे (सुर्खेत), ४७) यूवा विभाग उपप्रमुखः तिमोथी नेपाली (सुर्खेत), ४८) यूवा विभाग सचिवः सुभाष खरेल (सुर्खेत),

सल्लाहकार समिति सदस्यहरुः १. रेभ. पा. लाल बहादुर बयलकोटी-सुर्खेत २. पा.ज्ञानबहादुर गुरुङ्ग-सुर्खेत ३. पा. डम्बर बहादुर गुरुङ्ग-दैलेख ४. पा. बिर बहादुर राना-सुर्खेत ५. पा. पदम बहादुर गुरुङ्ग-सुर्खेत ६. पा. नारायणदत्त न्यौपाने -जुम्ला ७. पा. दत्त महतरा-जुम्ला

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd